Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • आज काठमाडौंमा एमालेको जनप्रदर्शन, केपी ओलीले सम्बोधन गर्ने


    आइतबार, माघ ४ २०८२
    430
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ ।

    एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो ।

    भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए । मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

    बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको थालनी गर्न प्रदर्शन आयोजना गरेको हो ।

    एमालेले केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार