काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिलाई होइन संस्थालाई मान्यता दिन निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् ।
आज कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको नयाँ कार्यसमिति बदरको माग गर्न आयोग पुगेका कोइरालाले सो आग्रह गरेका हुन् ।
उनले भने, ‘म एउटै प्रश्न गर्न चाहन्छु– आज टुँडिखेलमा गईकन कुनै निर्वाचन आयुक्तले माघ ६ गते नोमिनेसन हुँदैन भन्यो भने त्यो निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैनरु व्यक्ति होइन, हामीहरूले संस्था खोजेको । संस्थालाई हेरेर हामी अगाडि जानुपर्ने हुन्छ ।’
माघ ६ गतेको प्रसंग कोइरालाले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा निकालेका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पुगेका नेता कोइरालाले आयोगका पदाधिकारीहरूसँग सिंगो केन्द्रीय समिति र सदस्य आफूसँग रहेको दाबी गरेका थिए ।
कोइरालाले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ताको निस्सा आफूहरूसँग रहेको दाबी पनि गरे । उनले भने, ‘विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा हामीसँग छ ।’
यस्तै कार्यवाहक सभापति खड्काले पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको दाबी गरे ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend