Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाको हस्ताक्षर नभएको टिकटमा कान्छाराम तामाङ चुनाव नलड्ने, मृत्युपर्यन्त साथ नछाड्ने


    मंगलबार, पुष २९ २०८२
    580
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको टिकटमा चुनावमा उम्मेदवार नहुने घोषणा गरी बिशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्ने अभियानमा छन । तर पूर्वऊर्जा राज्यमन्त्री तथा नेपाली कांग्र्रेसका सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ९कान्छाराम०ले भनेसभापति शेरबहादुर देउवाको हस्ताक्षरबिनाको टिकटमा आफू चुनाव नलड्ने घोषणा गरेका छन् ।

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट १७ हजार भन्दा बढी मतान्तरले एमालेका कैलाश ढुंगेललाई पराजीत गर्र्दै प्रत्यक्ष निर्वाचित तामाङले नेपाली कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको उल्लेख गर्दै बैधानिक प्रक्रियाबाट आएको सभापतिको हस्ताक्षरसहितको टिकट बाहेक कुनै पनि टिकट स्वीकार नगर्ने बताएका छन् ।

    तामाङले विशेष महाधिवेशनको नाममा पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने, सभापतिलाई कमजोर बनाउने र संगठनलाई क्षति पुर्याउने गतिविधि देशभरका कांग्रेस कार्यकर्ताले गर्नै नहुने उनको भनाइ छ ।

    कांग्रेसको शक्ति आन्तरिक एकता, अनुशासन र विधिमा आधारित रहेको भन्दै नेतृत्वलाई चुनौती दिने नाममा पार्टी कमजोर बनाउने प्रयास स्वीकार गर्न नसकिने बताएका छन् ।

    उनले आफूले सभापति देउवाको साथ मृत्युपर्यन्त नछाड्ने घोषणा पनि गरेका छन ।  उनले पार्टीको भावी अध्यक्षमा शेखर कोइरालाबाहेक अरुलाई स्वीकार नगर्ने प्रष्ट पारेका छन् । यति त्यस्तो हुन सकेन भने राजनीति होइन, समाजसेवामा लाग्ने उनले बताएका छन । आगामी दिनमा जनता र देशको सेवामा समर्पित हुनेछु । देशका कुनाकाप्चासम्म जानेछु । जेनजी आन्दोलनले धेरै कुरा सिकाएको उल्लेख गर्र्दै पूर्वराज्यमन्त्री तामाङले देश बनाउन भ्रष्टाचार अन्त्य हुनुपर्ने र त्यसका लागि के के गर्न सकिन्छ भन्ने केशी सुझावसमेत दिएका छन् स्

    नेपालका प्रधानमन्त्री, प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  प्रमुख आयुक्तदेखि आयुक्तसम्मले निजी सम्पत्ति आफू र आफ्नो वा परिवारका नाममा राख्न नपाउने कानुनी ब्यवस्था गर्नुपर्छ ।

    प्रधानमन्त्री, प्रधानन्यायाधीश र उनीहरुकाका छोरा–छोरी, अंश हक लाग्नेहरुलाई बिदेश पढाउन वा बस्न नपाउने ब्यवस्था हुनुपर्छ ।

    कानुनमै ब्यवस्था गरेर पूर्वप्रधानमन्त्रीहरुलाई राज्यले औषधोपचार, पालन–पोषण गराउने । तर कहीँ कतै देश बिदेशमा सम्पत्ति भेटेर प्रमाणित भएमा जेल सरह दानापानी दिएर नजरबन्द राखी सबै सम्पत्ति जफत गर्ने । यसो गर्दा ससुरालीपट्टि अंश लाग्ने परिवारको समेत जफत गर्ने ब्यवस्था गर्ने । देश र जनताका लागि त्याग गर्छु भन्नेमात्रै प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्ने हो भने भ्रष्टाचार अन्त्य हुन्छ ।

    न्यायालयमा हुने भ्रष्टाचार अन्त्यका लागि प्रधानन्यायाधीश तल्ला अदालत (जिल्ला–उच्च) बाट गएकाहरू मात्रै हुन पाउने ब्यवस्था हुनुपर्ने उनको सुझाव छ । अख्तियार लगायत संवैधानिक निकायका पदाधिकारी दलीय राजनीतिमा नलागेको र स्वतन्त्र ब्यक्ति हुनुपर्ने तामाङको सुझाव छ ।

    तामाङले यी मागहरू लिएर देशभर जाने र नागरिकलाई बुझाउने बताएका छन् ।
    देश सुधार्ने हिम्मत छ, बिचार होइन, नारा होइन, भाषण होइन, आन्दोलन होइन, यति भए देश आफैं बन्छ । हिम्मत छ भने सबै गलत काम गर्नेहरु मेरो अभियानमा आउनुपर्छ, तामाङको भनाइ छ ।

    रबि लामिछाने, बालेन साह, गगनकुमार थापा, कुलमान घिसिङ, महेश बस्नेत, दुर्गा प्रसाईंहरू वा अरू जेनजीका नेताहरू सबलाई एक हुन आह्वान गर्दै उनले खाली अरूलाई गाली गर्ने, खोक्रो भाषण गर्ने र टाई लगाएर, अङ्ग्रेजी बोलेर मात्र केही नहुने बताएका छन् ।

    नेपाललाई बङ्गलादेश बनाउन खोज्ने, गरिबलाई अझ गरिब बनाउने, कोही युद्ध गरेर १७ हजार मार्ने, कोही सिंहदरवारमा आगो लगाउनेलाई तामाङले देश र जनताको लागि लड्न आह्वान गरेका छन् ।

    तामाङले आफूले मौका पाएको खण्डमा भने १ सय २५ खर्बको बजेट ४५ दिनमा घोषणा गर्ने दाबी पनि गरेका छन । यो बजेट धेरै ठूलो नभएको, जम्मा  ९० अर्ब डलर मात्रै  हो, उनले भनेका छन् ।

    २० लाख युवालाई खाडीबाट फर्काउने गरी काम गर्ने पनि उनले बताएका छन् ।
    युवाहरूलाई खाडीबाट स्वदेशमा फर्काएर ५० लाख अर्गानिक कृषि उत्पादनमा लगाउने योजना समेत उनले अगाडि सारेका छन् । अर्गानिक कृषि उत्पादनका लागि मात्रै १५ बर्षसम्मलाई २ प्रतिशत ब्याजमा बिनाधितो ऋण दिने ब्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

    ३ बर्षमा बिद्युत उत्पादन २० हजार मेघावाट पुर्याउने योजना पनि उनले अगाडि सारेका छन् ।

    ३ बर्षमा ३ करोड पर्यटक भित्र्याएर देशको अर्थतन्त्र माथि उठाउेन । अरू बिदेशी दलालहरूको योजनामा होइन, नेपालीकै योजनामा ती पर्यटक  भित्र्याउनुपर्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार