काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले विवादित सहसचिव रमाकान्त तिवारीलाई प्रशासन महाशाखा प्रमुख बनाउन लागेका छन् ।
तिवारीलाई उत्तरपुस्तिकामा अनियमितता गरेकोमा २०६९ साउन १४ गते तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदले नसिहत दिएको थियो । तिनै नसिहत पाएका तिवारीलाई प्रशासन महाशाखा प्रमुख बनाउन सदस्य सचिव अर्यालले शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलसमक्ष अनुरोध गरिरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै निर्देशनमा तिवारीलाई परिषदले नसिहत दिएको थियो । तर अख्तियारले नसिहत दिन निर्देशन दिएका तिनै तिवारी सदस्य सचिव अर्यालका प्रियपात्र भएका छन् । उनलाई प्रशासन महाशाखा प्रमुख बनाउन अर्याल निकै जोडबलका साथ लागेका छन् ।
बुधबारमात्रै अर्यालले शिक्षा मन्त्रालयका सचिव पौडेललाई भेटेरै सहसचिव तिवारीलाई राष्ट्रिय परीक्षा बोर्डको प्रशासन महाशाखा प्रमुख बनाउनका लबिईङ गरिसकेका छन् । अर्यालको उच्च शिक्षा माध्यमिक परिषदमा हँुदा नै सेटिङ चल्ने भएकाले अध्यक्ष नभएको मौका छोपी उनलाई प्रशासन महाशाखा प्रमुख बनाउन लागिएको बोर्डकै कर्मचारीहरु बताउँछन् ।
तिवारीका बिरुद्ध तत्कालीन उच्च मावि शिक्षा परिषदको २०६७ सालमा सञ्चालित कक्षा ११ र १२ को परीक्षाका लागि छपाइएका उत्तरपुस्तिकामा अनियमितता गरेको उजुरी परेको थियो । छपाई भइआएका उत्तरपुस्तिकाहरुको गुणस्तर परीक्षण, गणना तथा उचित भण्डारणका साथै वितरणको मुख्य जिम्मेवारी तिवारीले पाएका थिए । तर उनले छपाई भइआएका उत्तरपुस्तिकाहरु गणना नै नगरी भर्पाई गरी बुझिलिएका थिए ।

परिषद्को जिम्मेवार अधिकृतले बुझिलिएका उत्तरपुस्तिकाहरु ठूलो परिमाणमा भएकाले बण्डलमा केही कमी हुन गएको देखिंदा भविष्यमा यस प्रकारको त्रुटि नदोहोरियोस् भन्नका लागि परिषद्कै नियमावली बमोजिम कारवाही गर्नका लागि अख्तियारले २०६८ माघ ६ गते निर्देशन दिएको थियो ।
अख्तियारको निर्देशन अनुसार परिषद्को २०६९असार १२ को १६२ औं बैठकको निर्णय अनुसार नसिहत दिइएको थियो । परिषदका तत्कालीन सदस्य सचिव भीमलाल गुरुङको हस्ताक्षरमा उनलाई नसिहत दिइएको थियो । उपसचिव रमाकान्त तिवारी ४ दिनअघि पुस १४ गतेमात्र सहसचिवमा बढुवा भएका थिए । उनले बढुवाको पत्र बुधबार मात्र पाएका हुन् ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले आफ्नै भाइ रामेश्वर अर्याललाई लेखा अधिकृतमा बढुवा गरेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend