काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बजेटका हिसाबले सबैभन्दा ठूलो मानिन्छ । तर उक्त मन्त्रालयको आर्थिक अनियमितताको बिषय त्यति धेरै छानबिनको दायरामा आउन सकेको छैन ।
क्षेत्राधिकार भन्दा बाहिर गएर ललिता निवास प्रकरणमा फाइल उठाएका कारण तत्कालीन भौतिक मन्त्री पूर्वाधार मन्त्री बिजय गच्छेदार र सचिव दीप बस्न्यातका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा २५ बर्षअगाडि सडक बिभागका अ तत्कालीन महानिर्देशक निरन्जनप्रसाद चालिसेका बिरुद्ध कूत सम्पत्तिमा मुद्दा चलाएको थियो । केही महिनाअघि डीई रविन्द्रलाल दासले लहानमा हुँदा गरेको भ्रष्टाचारमा मुद्दा दायर गरेको लगायतका एकाध उजुरीमा बाहेक अख्तियारले सडक निर्माणका अनियमिततामा मुद्दा चलाएको पाइँदैन । सडक र पुल निर्माणमा अनियमितता हुँदैआएका भए पनि छानबिन भएको देखिंदैन ।
पछिल्लो समयमा सडक बिभाग अन्तर्गत भइरहेका आर्थिक अनियमिततामा छानबिन गर्नुपर्ने माग तीव्र रुपमा उठ्दैआएको छ । जसको पछिल्लो उदाहरण हो, धनुषा र सिरहा जोड्ने मधेशकै लाइफलाइन मानिएको कमला नदीको पुल । उक्त पुलको डिजाइन स्वीकृतमा संलग्न तत्कालीन सडक बिभागका महानिर्देशक दिनकर शर्मा, बोलपत्र स्वीकृति प्रक्रियामा संलग्न महानिर्देशकहरु माधवकुमार कार्की, रामकुमार लम्साल, हरिओम श्रीवास्तव र उक्त पुलको डिजाइन सिफारिस गर्ने हालका महानिर्देशक डा. बिजय जैशी रहेका थिए । तर उनीहरु उपर भने कारबाही शुरु भएको छैन ।
महालेखा परीक्षकको प्रतिवेदन २०७९ का अनुसार त्रुटी देखाइएको उक्त पुलको डिजाइनमा पाइलको लम्बाई पर्याप्त नभएको, माटो परीक्षणका लागि खन्नुपर्ने बोरहोलको संख्या र गहिराई पर्याप्त नभएको र निर्माणका क्रममा अनिवार्य रुपमा गर्नुपर्ने पाइल लोड परीक्षण नै नगरिएको गम्भीर त्रुटिका कारण उक्त पुल भासिन पुगेको थियो । उक्त पुल निर्माण गर्ने ठेक्का तत्कालीन सांसद हरिनारायण रौनियारको पप्पु कन्ष्ट्रक्सन र बिष्णुप्रसाद शर्मा संचालक रहेको लुम्बिनी बिल्डर्स प्रालिले पाएका थिए । सिरहा र धनुषा जोड्ने कमला नदीको उक्त पुल १४ वर्षसम्म पनि हुन सकेको छैन ।
सडक बिभागका महानिर्देशक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र ठेकेदारको मिलेमतोमा सम्पन्न नै नगरिएको उक्त निरीक्षण गर्नयही मंसिर ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशकका हैसियतले डा. बिजय जैशी पुगेका थिए ।
उक्त पुल २०६८ जेठमा करिब २५ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार उक्त पुल २०७१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने थियो । तर आठ पटक थपिएको म्यादसमेत गएको २०८२ असारमै समाप्त भइसकेको छ । पुलको अवस्था भने जस्ताको तस्तै छ । उक्त पुल निर्माण अलपत्र रहँदा सिरहा र धनुषाका बासिन्दा एक अर्को जिल्लामा जान करिब ५० किलोमिटर घुम्न बाध्य छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक बिभाग अन्तर्गतका बर्षौदेखि अलपत्र पारिएका ठेक्का तोड्ने, काम नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने अभियान नै चलाएका छन् । तर त्रुटिपूर्ण डिजाइन गरेकै कारण कमला पुल भासिएको तथ्य उजागर भइसक्दा पनि त्यसमा संलग्नहरुलाई नै सडक बिभागको नेतृत्त्वबाट अलग गराउन भने सकेका छैनन् ।
मन्त्री घिसिङसँग १४ बर्षदेखि पुल निर्माण सम्पन्न हुन नसकेको, पुलको त्रुटिपूर्ण डिजाइन गरेकाले भासिएको र त्यस्तो डिजाइन गर्नेहरु नै सडक बिभागको नेतृत्त्वमा रहिरहेकोबारेमा ध्यानाकर्षण गराउँदा उनले कमला नदी पुलको बारेमा चासोपूर्वक हेरिरहेको प्रतिक्रिया दिए । उनले भने–उक्त पुलको नवौं पटक थप हुन नसक्ने बताए ।
त्रुटिपूर्ण डिजाइनका कारण कमला नदीको पुल भासिएकोबारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले ‘यो बिषय सडक बिभागका महानिर्देशकलाई सोध्नुस्’ भने । नवौं पटक ठेक्काको म्यादथपको निवेदन दिएकोबारेमा उनले कूटनीतिक शैलीमा भासिएको पुल निर्माण सुरु गरिसकेको प्रतिक्रिया दिए ।
कमला नदीको त्रुटिपूर्ण डिजाइन गरेको आरोप लागेका सडक बिभागका महानिर्देशक डा. बिजय जैशीसँग प्रतिक्रियाका लागि धेरै पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । र, अन्तिममा उनले ‘नमस्ते, म कार्यक्रममा छु, सकिएपछि रेस्पोन्स गर्छु’ भनेर म्यासेज पठाए । तर उनी सम्पर्कमा भने आएनन् ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend