Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमन्त्री श्रेष्ठको घरमा अनधिकृत रुपमा प्रवेश गर्नु बेठीक छ : मेयर पौडेल


    शनिबार, मंसिर ६ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान)को घरमा शनिबार जेनजी अगुवा सुदन गुरुङ विनाजानकारी अनधिकृत रुपमा प्रवेश गरेको र घर निर्माण गरिरहेका कामदारहरुलाई धम्की दिएको घटनाको सर्बत्र बिरोध भइरहेको छ ।

    सुदन गुरुङ आफ्नो गुण्डागर्दी र लुटपाट शैलीमा प्रवेश गरी घरम काम गरिरहेकाहरुलाई धम्की दिएकोमा किसान श्रेष्ठले सामाजिक संजालमार्फत् आपत्ति जनाएका छन् ।

    जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले पूर्वमन्त्री श्रेष्ठको घरमा विनाजानकारी अनधिकृत रुपमा प्रवेश गर्नु बेठीक भएको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘बिगत केही दिनदेखि सिमरा संवेदनशील अवस्थामा छ । यस्तो परिस्थितिमा पूर्वमन्त्री किसान श्रेष्ठको घरमा विना जानकारी अनाधिकृत जो कोही पनि प्रवेश गर्नु बेठीक छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार