काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रष्टको कार्यालय र थामसेर्कु ट्रेकिङ प्रा. लि. को बीचमा जग्गा लिजमा दिने र लिने करार सम्झौता दीर्घकालीन हानी नोक्सानी पुर्याएकोमा पूर्वसचिव अर्जुनकुमार कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेको छ ।
नेपाल ट्रष्टलाई गैरकानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको अभियोगमा कार्कीलाई सीआईबीले आइतबार पक्राउ गरेको हो ।
नेपाल ट्रष्टको जग्गा थामसेर्कुलाई लिजमा दिंदा उल्लेख भएको कित्ता नं ४६०६ को जग्गा भन्दा बढी अर्को कि.नं ४६०५ समेत थप गरी लिजमा दिने र लिने सम्बन्धमा बदनियतपूर्वक नेपाल ट्रष्टको नाममा रहेको जग्गा बुट मोडलको निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० बर्षको लागि लिजमा दिनेर लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानीनोक्सानी हुनेगरी सम्झौता गरेको आरोपमा कार्की पक्राउ परेका हुन् ।
ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा उक्त करार संझौता गर्ने कार्यमा संलग्न रहेका तत्कालिन सहसचिव लेखबहादुर कार्कीलाई कात्तिक २१ गते सीआईबीले पक्राउ गरिसकेको छ ।
लेखबहादुर कार्कीमाथि अनुसन्धान हुँदै जाँदा अर्जुनकुमार कार्कीको समेत संलग्नता रहेको खुल्न आएकोले पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend