काठमाडौं । कुलमान घिसिङले नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्रालयमा एमालेका क्याडर भनेर चिनिएका कर्मचारी र सधैं आकर्षक कार्यालयमा बसी अकूत कमाउने कर्मचारीहरूको रजगज चल्दैआएको छ । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले समेत तोड्न सकेका छैनन् ।
तत्कालीन भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालसँग निकै निकट मानिएका सहसचिव चुडाराज ढकाल अहिले घिसिङ आएपछि पनि मन्त्रालयमै उत्तिकै हावी छन् । उनी विगत तीन बर्षदेखि एडीवी निर्देशनालयको प्रमुख भएर बसेका छन् ।
एडीवी निर्देशनालय भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सबैभन्दा आकर्षक कार्यालय हो । त्यस कार्यालयमा जान मन्त्रालयका माथिल्लो तहका कर्मचारीहरुको निकै रुची हुने गरेको छ । तर ढकालले तीन बर्षदेखि त्यस कार्यालय छाडेका छैनन् । अझै अफसोचको विषय के छ भने, उनी उक्त निर्देशनालयको प्रमुख हुँदा एडीवी अन्तर्गत राजमार्गहरूको पुनर्निमाणको काम करिब करिब ठप्प जस्तै छ । प्रगति निकै सुस्त छ, प्रगतितिर उनलाई चासो छैन ।
सामान्यतया सहसचिवसरहका कर्मचारीहरु दुई बर्षभन्दा बढी एउटै कार्यालयमा कार्यरत रहन नपाउने नीति छ । तर ढकालको हकमा यो नीति लागू हुनसकेको छैन । उनी मन्त्रालयको सबैभन्दा आकर्षक कार्यालयमा तीन बर्षदेखि रजगज गरिरहेका छन् ।
सहसचिव ढकाल तत्कालीन भौतिक पूर्वाधार मन्त्री दाहालका अघोषित सल्लाहकार नै थिए । त्यतिबेला मन्त्रालयबाट हुने सरुवामध्ये ८० प्रतिशतभन्दा बढी सरुवा ढकालले बनाएको सूची अनुसार हुने गरेका थिए । तत्कालीन मन्त्री दाहालका भतिजा मनोज दाहालसँग मिलेर चुडाराजले सरुवाको सूची तयार गर्ने गरेका थिए । म्यानपावर कम्पनीमा एजेन्ट रहेका मनोज दाहाल काका मन्त्री भएपछि करोडौं करोड कमाउन सफल भएको झापाकै एक एमाले नेता बताउँछन् । मनोजले भौतिक मन्त्रालयमा आधिकारिक नियुक्ति त पाएका थिएनन्, तर मन्त्रीका हरेक बिदेश भ्रमणमा चुडाराजले नै उनलाई सहभागी गराउने, टिकटदेखि सबै ब्यवस्थापन गर्ने गरेको स्रोत बताउँछ ।
ढकालले भौतिक मन्त्रालयका कर्मचारी सरुवाबाट आएको पैसामध्ये आधा मन्त्रीका भतिजा मनोजलाई बुझाउँथे भने आधा आफैं राख्थे । त्यतिबेला ढकालसँग निकट र ढकालललाई पैसा बुझाएका कर्मचारीहरुले राम्रो राम्रो ठाउँमा अवसर पाए भने ढकालले मन नपराएका कर्मचारीहरु ‘नराम्रो ठाउँ’ मा थन्काइए । ढकाल एमालेका कार्यकर्ताजस्तै हुन् । उनले अहिले पनि एमालेलाई अर्को नामबाट लेबी बुझाउने गरेका छन् । उनी अखिलका पूर्व सचिवालय सदस्य पनि हुन् । त्यसैले एमालेसँग उनको विशेष लगाव छ । तर जेनजी आन्दोलनपछि पनि यिनै ढकालको रजगज हुनु दुभाग्र्य हो–एक कर्मचारी भन्छन् ।
प्रकाश ज्वाला मन्त्री भएको बेला पनि ढकाल मन्त्रालयमा हावी भएका थिए । अखिलको राजनीति गर्दा ज्वाला र उनी एउटै कमिटीमा थिए । त्यही सम्बन्धका कारण ज्वाला मन्त्री हुँदा पनि उनी भौतिक पूर्वाधारमा हावी थिए ।
भौतिक पूर्वाधार मन्त्रालयमा सुबोधकुमार देवकोटा पनि उत्तिकै हावी छन् । उनले मन्त्री घिसिङलाई समेत होच्याएर बोल्ने गरेका छन् । उनी आफूलाई खाँटी काँग्रेस भन्ने गर्छन् । तर काँग्रेसनिकट कर्मचारीहरुलाई भने तथानाम गाली गर्ने गर्छन् ।
यसैगरी सडक विभागअन्तर्गत सबैभन्दा आकर्षक र रणनीतिक महत्वको कार्यालय सडक डिभिजन काठमाडौंको प्रमुखमा केही समयअघि सरुवा भएर आएका सुवोध देवकोटा मन्त्रालय सबैभन्दा बढी कमाउने र विवादित कर्मचारी हुन् । जेनजी बिद्रोहको एक साताअघि मात्र डिभिजन सडक कार्यालय नुवाकोबाट काठमाडौंमा सरुवा भएका देवकोटा सडक बिभागमा ट्रेड युनियनकै आडमा सधैं आकर्षक स्थान पाउने र कमाउनेमा पर्दछन् ।
जेनजी आन्दोलनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत ३० बर्षमा सरकारी पदमा बसी अकूत सम्पत्ति कमाउनेहरुबिरुद्ध पनि छानबिन हुनुपर्ने माग भइरहेको छ । ट्रेड युनियनको आडमा सडक बिभागमा विगत २० बर्षदेखि रजगज गर्नेमा सुबोधकुमार देवकोटा अग्रपंक्तिमा पर्दछन् । गणतन्त्रपछि निजामती ऐन संशोधन गरी राखिएको २४(घ)को प्रावधानबाट इन्जीनीयर हुँदै डीईमा बढुवा भएका देवकोटा सडकमा लगातार आकर्षक आयोजना र डिभिजनको प्रमुख भएर अकूत कमाउनेमा पर्दछन् ।
सडकका अकूत कमाउनेलाई अख्तियारको सातखत माफ !
जेनजीको आन्दोलनपछि सडक बिभाग अन्तर्गत जनताको करको बजेटमा भ्रष्टाचार गरी अरबपति भएका र नेपालदेखि अष्ट्रेलियादेखि अमेरिकासम्म अबैध बाटोबाट सम्पत्ति पुर्याइसकेका डीई र सुईहरुको समेत छानबिन गर्न अख्तियारसमक्ष घचघच्याउनुपर्ने आवाज उठिरहेको छ । भ्रष्टाचार गर्ने राजस्व समूहका अरबपति र सडककाअरबपतिहरुको बारेमा समेत जेनजी पुस्ताले गहन खोजबिन गरे सब पर्दाफास हुनेछ ।
५ हजार, १० हजार रकम लिने कर्मचारीलाई पक्राउ गरी जागिर नै खाइदिने अख्तियारले सडक बिभाग र राजस्व समूह अन्तर्गत करोडमात्र होइन, अरब नै भ्रष्टाचार गरी कमाएको छर्लङ्ग देखिए पनि अनदेखा गरी छुट दिइरहेको गुनासो छ ।
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend