Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयोजना निर्देशकको असक्षमताले नारायणगढ–बुटवल सडक अलपत्र, अरु आयोजनाको प्रगति पनि लाजमर्दो


    बुधबार, मंसिर ५ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । सडक विभाग मातहतको आयोजना निर्देशनालय (एडीवी)का आयोजना निर्देशक चुडाराज ढकालको कमीकमजोरी र असक्षमताका कारण देशकै लाइफलाइन सडक नारायणघाट–बुटवल सडक अलपत्र परेको छ । एडीवीले लगानी गरेका अन्य सडकको प्रगति पनि लाजमर्दो छ ।

    मन्त्रालय स्रोत भन्छ– नारायणघाट–बुटवल सडक अलपत्र अवस्थामा हुँदा स्थानीयबासीले सास्ती भोगेका छन् नै, यसबाट सरकारसमेत अप्ठ्यारोमा परेको छ । केही दिनअघि एउटा डेलिगेशनसँग यस विषयमा प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट जवाफ नदिई गोलमोटल जवाफ दिएका थिए । उनले स्पष्टरुपमा काम नगर्ने निर्माण ब्यवसायीको ठेक्का तोड्ने विषयमा कुरा गरेनन् ।

    ‘मंसिरसम्म काम सुरु नभए ठेक्का तोड्छौ’ मात्र भनेका थिए । प्रधानमन्त्रीलाई समेत अप्ठ्यारोमा पार्ने काम ढकालले गरेका छन् । ‘काम गर्न नसकेपछि यसको नैतिक जिम्मेवारी लिंदै आयोजना प्रमुखले छाड्नुपर्ने हो । तर उहाँले काम गर्न पनि सक्नुभएको छैन । जिम्मेवारी पनि छाड्न सक्नुभएको छैन’ मन्त्रालयका एक उच्च कर्मचारीले भने ।

    काम अघि बढाउन दबाब दिन भन्दै ढकाल पटक–पटक यस आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कन्ट्रक्सन इञ्जिनियरिङको प्रधान कार्यालय बेइजिङमा गएका छन् । तर उनले ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग राम्रोसँग डिल गर्न सकेनन् । स्रोत भन्छ–उनीसँग डिल गर्ने क्षमता नै छैन । त्यसैले काम अघि बढ्न सकेन ।

    जब कि सडक विभागले २०७९ असोजमै पहिलो पटक ठेक्का तोड्ने चेतावनी उक्त कम्पनीलाई जानकारी गराएको थियो । त्यसपछि काम केही अघि बढेको थियो । अहिले काम केही पनि भएको छैन । ठेक्का ताड्ने प्रक्रिया पनि अघि बढेको छैन । सामान्यता यसको जिम्मेवारी ढकालले लिनुपर्ने हो । तर उनले यस्तो असक्षमताको जिम्मेवारी अरुको काँधमा राखेर पन्छिन खोजेका छन्– स्रोत भन्छ । थपिएको ठेक्का सम्झौता अनुसार नै काम गरेको भए पनि यो मंसिरसम्म कम्तीमा ७० प्रतिशत काम पूरा हुनुपथ्थ्र्यो । तर अहिले ५३ प्रतिशतमात्र काम पूरा भएको छैन ।

    ६ बर्षअघि नै चाइना स्टेट कम्पनीसँग करिब १६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त चाइना कन्ट्रक्सनसँग २०७९ साउन २२ भित्र काम सक्ने गरी ०७५ चैत ८ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौतामा यस सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण गरिएको छ ।

    स्रोत भन्छ–ढकाल निजी बिदा लिएर ठेकेदारको खर्चमा पटक–पटक विदेश भ्रमण गर्ने गर्छन् । नियम अनुसार यसरी जान मिल्दैन । एडीवीले लगानी गरेको अर्को आयोजना काकरभिट्टा–लौकही सडकको प्रगति झन् लाजमर्दो छ । यसको प्रगति १० प्रतिशतकै हाराहारीमा छ । ठेक्का सम्झौता भएको ३-४ महिना पछि मात्र ढकालले यस आयोजनका लागि परामर्शदाता कम्पनी छानेका थिए । जबकि ठेक्का सम्झौता हुनुअघि नै परामर्शदाता छान्नुपर्ने नियममा व्यवस्था छ ।

    काकरभिट्टा–लौकही सडकको परामर्शदाता छनोटमा बदनाम बिचौलिया उपेन्द्र शाहीसँग एडीबीका ढकालले घुस डिल गरेको भिडियोको बिषय एक बर्षअघि निकै चर्चामा थियो । प्रकाश ज्वाला मन्त्री भएको शाहीले रेकर्ड गरेको उक्त भिडियोमा ढकालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्म रकमको भागबण्डा गर्नुपर्ने कुरा समेत गरेका थिए । शाहीले उक्त भिडियो प्रकरणको बिषय गुपचुप राख्ने सर्तमा अर्को आयोजनाको परामर्शदाता बनाउने डिल गरेको बिषय पनि उजागर भएको थियो ।

    यसैगरी एडीबीले लगानी गरेको अर्को सडक मुगलिन–पोखरा सडकको प्रगति पनि निकै निराशाजनक छ । जसका कारण त्यहाँका स्थानीयबासीले ठूलो सास्ती भोगेका छन् ।

    ढकाल एमालेनिकट अनेरास्ववियका पूर्व केन्द्रीय सदस्य पनि हुन् । यसको फाइदा उठाउँदै उनी एडीबीमै बस्ने गरेका छन् । किनभने भौतिक पूवाधार तथा यातायात मन्त्रालय गठबन्धन सरकारमा पनि प्रायः एमालेकै भागमा पर्ने गरेको छ । प्रकाश ज्वाला भैतिक पूवाधार मन्त्री भएको बेला उनी एडीवीमा पुगेका थिए । त्यसपछि पटक–पटक आयोजना प्रमुखको फेरबदल हुँदा पनि उनको सरुवा भएन । प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री भएको बेला यिनी नेकपा (एस)सँग निकट बनेका थिए । अहिले एमालेका देवेन्द्र दाहाल मन्त्री हुँदा एमालेसँग निकट देखिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार