Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • धौवादी फलाम उद्योगमा अयोग्य सीईओको रजाइँ, जेन–जीको उदयपछि पनि सचिव राउतको संरक्षण ?


    मंगलबार, असोज २१ २०८२
    1.7K
    Shares
    कृष्णबहादुर राउत र जनकबहादुर चन्द
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । जेन–जी समूहले भ्रष्टाचार र बेथितिका बिरुद्ध गएको भदौ २३ र २४ गते बिद्रोह गरेर सरकार नै परिवर्तन गरिसकेको छ । तर भ्रष्टाचार र बेथिति सच्याउने काम कर्मचारीतन्त्रबाट हुनसकेको छैन । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले विगत ५ बर्षदेखि योग्यता नै नपुगेका जनकबहादुर चन्दलाई धौवादी फलाम कम्पनी लिमिटेड नवलपरासीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) बनाएर राखेको छ ।

    धौवादी फलाम कम्पनीको सीईओका लागि माइनिङमा माष्टर गरेको हुनुपर्ने ब्यवस्था गरिएको छ । तर जीओलोजी (पहिरो)मा पीएचडी गरेकालाई फलाम कम्पनीको सीईओका रुपमा काजमा ५ बर्षदेखि राखिएको छ । यसले सरकारको फलाम उद्योगप्रतिको गैरजिम्मेवारीपन झल्काउँछ । फलामको बिज्ञता माइनिङ अध्ययन गरेको जनशक्तिमा हुन्छ । तर पहिरोमा विज्ञता भएका चन्दलाई फलाम कम्पनीको सीईओ बनाइएको छ ।

    धौवादी फलाम खानीको सीईओ खुल्ला प्रतिस्पर्धाबाट परीक्षा लिएर उत्कृष्ट ब्यक्ति छनोट गर्नुपर्ने प्रष्ट ब्यवस्था गरिएको छ । तर खुल्ला प्रतिस्पर्धा नगराई उद्योग मन्त्रालयले ५ बर्षदेखि तिनै खानी बिभागका उपसचिव चन्दलाई कम्पनीको सीईओका रुपमा राखेको छ । नेपालमा आवश्यक पर्ने फलाम धौवादीबाट निकाल्नका लागि तदारुकताका साथ काम गर्नुपर्ने र माइनिङमा माष्टर डिग्री गरेका योग्यतम ब्यक्तिलाई सीईओ बन्नबाट रोकेर जनकबहादुर चन्दले विगत ५ बर्षदेखि हरेक मन्त्री र सचिवलाई प्रभावमा पारी पद ओगटेर कम्पनीको हितभन्दा आफ्नो ब्यक्तिगत हितमा तल्लीन भएर लागेका छन् ।

    धौवादी फलाम उद्योगको प्रबन्धपत्र नियमावलीमा सीईओको कार्यकाल ४ बर्ष हुने ब्यवस्था छ । तर ५ बर्षदेखि काजमा सीईओ राखिएको छ ।

    पूर्व उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री तथा एमाले सचिव लेखराज भट्टले ५ बर्षअघि ऐन नियमबिपरीत योग्यता नै नपुगेका धौवादी फलाम कम्पनी नवलपरासीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) बनाएका चन्दलाई अहिलेसम्म पनि यथावत राखिएको छ । भट्टपछि नियुक्त भएका दिलेन्द्रप्रसाद बडु, रमेश रिजालदेखि दामोदर भण्डारीसम्मलाई प्रभावमा पारी काजमा कार्यरत रहेका चन्दले उक्त फलाम कम्पनीमा कर्मचारी भर्नादेखि ठेक्कापट्टामा कमिसन खानेतिर मात्र आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । चन्द कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले सचिव लेखराज भट्टको आडमा ऐन नियमलाई चुनौती दिंदै धौवादीमा राज गरिरहेका छन् ।

    उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले जेनजी समूहको बिद्रोहपछि पनि उनलाई नियमावलीबिपरीत काजमा राखेका छन् । जेनजी समूहको आन्दोलनपछि उद्योग मन्त्री भएका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले यस्तो बेथितिपूर्ण र फलाम कम्पनीको हित नगरी ब्यक्तिगत स्वार्थपूर्तिमा तल्लीन चन्दलाई हटाएर तत्काल खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्ने अपेक्षा गरिएको छ ।

    धौवादी फलाम कम्पनीको प्रबन्धपत्र नियमावलीमा सीईओको कार्यकाल ४ बर्षको हुने ब्यवस्था गरिएको छ । तर ५ बर्षदेखि काजमा चन्दलाई काजमा सीईओका रुपमा राखिएको छ । सरकारी कर्मचारी भएकाले उनी कम्पनीमा काजमा सीईओ भएर फलाम कम्पनीको हितमा होइन, दोहनमा केन्द्रित छन् । काजमा ३ महिनामात्र राख्न पाउने ब्यवस्था भए पनि चन्द ५ बर्षदेखि सीईओ छन् । कम्पनीको स्रोत साधनमा ब्रम्हलुट गर्दैआएका चन्दले सीईओ छनोटको सूचना निकाल्न नदिएको आरोप छ । करिब अढाइ दर्जन संस्थानहरुमा प्रतिस्पर्धाबाट सीइओ छनोट गरिए पनि धौवादी फलाम कम्पनीमा चन्दले सूचना नै निकाल्न दिएका छैनन् ।

    योग्यता नै नपुगेका चन्दकै कारण उक्त फलाम कम्पनीको प्रगति हुनसकेको छैन । उनको ध्यान बिभिन्न शीर्षकमा हुनो ठेक्कापट्टामा कमिसन खानेतिर मात्र केन्द्रित छ । फलाम खानीका नाममा बिभिन्न शीर्षकमा भ्रष्टाचारमात्र भइरहेको छ । सीईओ नै काजमा कार्यरत भएकाले उनले कर्मचारीसमेत करारमा भर्ति गर्दैआएका छन् । स्थायी पदपूर्ति गर्नेतर्फ उनको ध्यान नै छैन । सीइओबाहेक सबै कर्मचारी करारमा राखिएका छन् ।

    प्रत्येक कर्मचारीसँग हरेक बर्ष करार नवीकरण गर्दा दररेट तय गरी रकम लिएर मात्र गर्ने गरेको आरोप चन्दमाथि लाग्ने गरेको छ । सीईओ चन्द भट्ट छेपारोले रङ फेरेजस्तै पार्टी फेर्न माहिर छन् । मन्त्री हुँदा एमालेनिकट भएका थिए । त्यसपछि बडु मन्त्री भएपछि कांग्रेस समर्थक भइहाले । रिजाल मन्त्री भएपछि पनि उनका पीए मात्रिका आचार्यसँग खाँटी कांग्रेस भए । यसअघि उद्योग मन्त्रालयले धौवादी फलाम कम्पनीको सीईओमा सोमप्रसाद सापकोटा र कृष्णदेव झा पठाएको थियो । उनीहरु अवकाश भए । त्यसपछि उपसचिव चन्दलाई काजमा खटाएको ५ बर्ष भएको छ ।

    फलाम खानी संचालन गर्ने राज्यको नीति कार्यान्वयन गर्ने तहमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त नगरी योग्यता नै नपुगेका चन्दलाई ५ बर्षदेखि काजमा राखिएकोबारेमा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसँग प्रतिक्रियाका लागि पटक पटक फोन गर्दा पनि उनी सम्पर्कमा आएनन् । धौवादी फलाम कम्पनीको अध्यक्ष उद्योग मन्त्रालयका सचिव राउत नै हुन् । सचिव अध्यक्ष भएको कम्पनीमा उपसचिवलाई सीईओ बनाएर राखिएको छ । सचिव राउतले पनि नियम अनुसार उनलाई काजफिर्ता गर्ने र नियम अनुसार नियुक्ति गर्न चासो नदेखाएको गुनासो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार