काठमाडौं । मधेश प्रदेशका धनुषा, सिरहा, बारा, रौतहटमा तस्करी निर्वाध चलेको छ । ती जिल्लामा मधेश प्रदेशको छिन्नमस्ता बाहिनीका बाहिनीपति कृष्ण ढकालले नै जेनजी समूहको आन्दोलनको मौका छोपी विवादित घुमुवाहरु खटाएर तस्करीको लाइन चलाएको आरोप छ ।
डीआईजी ढकालका विश्वासपात्र सशस्त्र प्रहरी निरीक्षक कमलेश महतोले सेटिङ मिलाएर सशस्त्र प्रहरी गण नम्बर ९ महोत्तरीमा घुमुवा सहायक हवल्दार सन्तोष यादव र जवान सुनिल यादवलाई खटाएका थिए । जुन समाचार नेपालफेसले यसअघि नै प्रकाशित गरिसकेको छ ।
महोत्तरीको ९ नम्बर गणका एसपी शेरबहादुर अधिकारीले सबै नाकामा कडाइ गरेका छन् । नाकामा कडाइ गरेकाले तस्करीको लाइन चलाउन नपाएका बाहिनीबाट असुलीमा खटाइएका घुमुवा सन्तोष यादव र सुनिल यादवले महोत्तरीका नाका नाकामा गएर घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई दुःख दिने र एसपीलाई विवादमा ल्याउन खोजिरहेका छन् ।
दशैंमा खर्च उठाउन परिचालन गरिएका घुमुवा सन्तोष र सुनिलले बिहीबार पनि महोत्तरीका नाकाहरुमा पुगेर सर्वसाधारणलाई दुःख दिएका थिए । आज शनिबार पनि बाहिनीबाट परिचालित घुमुवा भन्दै उनीहरुले नाकामा आतंक सृजना गरेको आरोप छ ।
घुमुुवा यादवद्वयले सशस्त्र मुख्यालयको अनुगमनका डीएसपी सुदीप रेग्मीको समेत नाम लिएर सीमामा ताण्डव देखाएको स्रोत बताउँछ । बाहिनीबाटै खटिएका घुमुवा भएकाले आचरणबिपरीत र क्षेत्राधिकार नाघेर हर्कत देखाउँदा पनि गणपतिले एक्सन लिन सकेका छैनन् ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend