काठमाडौं । मधेश प्रदेशका धनुषा, सिरहा, बारा, रौतहटमा तस्करी निर्वाध चलेको छ । ती जिल्लामा मधेश प्रदेशको छिन्नमस्ता बाहिनीका बाहिनीपति कृष्ण ढकालले नै जेनजी समूहको आन्दोलनको मौका छोपी विवादित घुमुवाहरु खटाएर तस्करीको लाइन चलाएको आरोप छ ।
डीआईजी ढकालका विश्वासपात्र सशस्त्र प्रहरी निरीक्षक कमलेश महतोले सेटिङ मिलाएर सशस्त्र प्रहरी गण नम्बर ९ महोत्तरीमा घुमुवा सहायक हवल्दार सन्तोष यादव र जवान सुनिल यादवलाई खटाएका थिए । जुन समाचार नेपालफेसले यसअघि नै प्रकाशित गरिसकेको छ ।
महोत्तरीको ९ नम्बर गणका एसपी शेरबहादुर अधिकारीले सबै नाकामा कडाइ गरेका छन् । नाकामा कडाइ गरेकाले तस्करीको लाइन चलाउन नपाएका बाहिनीबाट असुलीमा खटाइएका घुमुवा सन्तोष यादव र सुनिल यादवले महोत्तरीका नाका नाकामा गएर घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई दुःख दिने र एसपीलाई विवादमा ल्याउन खोजिरहेका छन् ।
दशैंमा खर्च उठाउन परिचालन गरिएका घुमुवा सन्तोष र सुनिलले बिहीबार पनि महोत्तरीका नाकाहरुमा पुगेर सर्वसाधारणलाई दुःख दिएका थिए । आज शनिबार पनि बाहिनीबाट परिचालित घुमुवा भन्दै उनीहरुले नाकामा आतंक सृजना गरेको आरोप छ ।
घुमुुवा यादवद्वयले सशस्त्र मुख्यालयको अनुगमनका डीएसपी सुदीप रेग्मीको समेत नाम लिएर सीमामा ताण्डव देखाएको स्रोत बताउँछ । बाहिनीबाटै खटिएका घुमुवा भएकाले आचरणबिपरीत र क्षेत्राधिकार नाघेर हर्कत देखाउँदा पनि गणपतिले एक्सन लिन सकेका छैनन् ।
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्। आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार प्रतिनिधि...
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend