काठमाडौं । भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएर जेन–जी समूहले गरेको आन्दोलनपछि नयाँ सरकार गठन भएको छ । नयाँ सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्दै निर्वाचन गर्नु रहेको छ । तर गृहमन्त्रालय मातहतको सशस्त्र प्रहरी बलका बाहिनी र गणका इन्चार्जहरुले जेन–जीको आन्दोलनपछि पनि अतिरिक्त कमाइका लागि सादा पोशाकमा विवादित घुमुवाहरु बिभिन्न जिल्लामा खटाउने क्रम रोकिएको छैन ।
मधेश प्रदेशको छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआईजी कृष्ण ढकालले भन्सारछलीका सामान भित्र्याउने ब्यापारीसँग मिलेमतो गरेको आरोपमा गएको असारमा मात्र गणहरुमा तानिएका घुमुवाहरुलाई बाहिनीबाट जिल्ला जिल्लामा खटाएका छन् । दशैंको मुखमा डीआईजीलाई मासिक बुझाउने सर्तमा उनीहरुलाई जिल्ला जिल्लामा खटाइएको स्रोतको दाबी छ ।
छिन्नमस्ता बाहिनी बर्दिबासका डीआईजी ढकालले विवादित घुमुवाहरुलाई महोत्तरी, धनुषा र बारामा खटाएका छन् । बाहिनीबाट सोझै उनीहरुलाई खटाइएको छ । बाहिनीले सहायक हवल्दार सन्तोष यादवलाई महोत्तरी, सुनिल यादवलाई बारा, सहायक हवल्दार रामजीवन यादव र बिनोद यादवलाई धनुषाको घुमुवाका रुपमा खटाएको छ । बाहिनीका सशस्त्र प्रहरी निरीक्षक कमलेश महतोमार्फत् सेटिङ ती घुमुवाहरुमा जिल्लामा खटिएको स्रोत बताउँछ ।
गएको साउन २९ गते बरामद भएको तस्करीको ८ सय ४० बोरा चिनीमध्ये १ सय २० बोरामात्र भन्सारमा बुझाएको र ७ सय २० बोरा तस्करकै योजनामा लुकाएको बिषयमा सशस्त्र प्रहरीका एक एसपी, दुई डीएसपीसहित छानबिनमा रहेकै समयमा जेनजी समूहको प्रदर्शनले सत्तापलट भएपछि ओझेलमा परेको छ । तस्करीको चिनी भन्सारमा नबुझाई तस्करकै भनेको ठाउँमा लुकाएको प्रकरण सेलाउन नपाउँदै डीआईजी ढकालले बाहिनीबाट सादा पोशाकमा घुमुवा खटाएका छन् ।
सहायक हवल्दार सन्तोष यादवलाई बाहिनीबाटै महोत्तरीको घुमुवाका रुपमा पठाइएको छ । केही महिनाअघि बाराबाटै तानिएका सिपाही सुनिल यादवलाई फेरि बारामै खटाइएको छ । सन्तोष यादव र सुनिल यादवले गएको असारमा बारामा मोलमोलाई नमिलेपछि एक ब्यापारीको कपडा बरामद बरामद गरी अर्को गाडीमा लोड गर्दै गरेको भिडियो नै सार्वजनिक भएको थियो । उक्त भिडियोमा हेल्मेट लगाएका र हाफपाइन्ट लगाएका यादवद्वयले कपडा बरामद गरेको स्पष्ट देखिन्थ्यो । उनीहरुले खेना नामक ब्यापारीसँग सुरुमा मोलतोल गरी नमिलेपछि कपडा बरामद गरेको भिडियोले नै स्पष्ट पारेको थियो । सादा पोशाकका सशस्त्र प्रहरीलाई बरामद गर्ने अधिकार नै हुँदैन । तर मुख्यालयबाट खटिएका उनीहरुले मधेशका जिल्लामा अधिकार क्षेत्र नाघेर यस्तो हर्कत गर्दैआएपछि तानिएका थिए ।
रामजीवन यादव र बिनोद यादव धनुषामा ८ बर्ष घुमुवा बसी वर्तमान आईजीपी नियुक्ति भएपछि गरेको घुमुवा अप्रेसनमा ललितपुरको खुमलटारमा तानिएका थिए ।
खुमलटार तानिएको केही महिनामै उनीहरु सरुवा मिलाएर मधेश प्रदेश नै गएका थिए । अहिले बाहिनीबाटै घुमुवाका रुपमा खटाइएका छन् ।
बाहिनीबाट बारामा खटिएका घुमुवा हवल्दार राजीव यादव र सर्लाहीमा लामो समयदेखि परिचालन गरिएका घुमुवा सहायक हवल्दार रोशन मिश्रलाई रौतहटको शिवनगरमा बरामद भएको चिनी लुकाउने मुख्य योजनाकार भएको खुलेपछि छानबिनका लागि तानिएका थिए । राजीव दरबन्दी रहेको पथलैया शिक्षालयमा फिर्ता भएका छन् । रोशन मिश्र सशस्त्र मुख्यालयमै छन् । यद्यपि मिश्रलाई पनि चिनीकाण्डमा उन्मुक्ति दिइसकिएको छ ।
छिन्नमस्ता बाहिनीका डीआईजी ढकालले धनुषामा खटाएका घुमुवा बिनोद यादव राजीव यादवकै सल्लाहमा चल्दैआएका छन् । चिनीकाण्डमा डिआईजी ढकालसमेतको मिलेमतो भएका तथ्यहरु खुले पनि एसपी, २ डीएसपी र केही सशस्त्र प्रहरी निरीक्षकलाई छानबिन गरेको जस्तो गरी ढिसमिस पारिएको छ । डीआईजीसमेत मुछिने भएपछि चिनीकाण्ड फासफुस पारिएको छ ।
जेन–जी बिद्रोहपछि गठन भएको सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले भन्सारछलीको चिनी बरामद भइसकेपछि भन्सारमा नबुझाई लुकाउनेहरुमाथि एक्सन लिएर तस्करी निरुत्साहित हुने र राजस्व असुली बृद्धि हुने अपेक्षा पनि गरिएको छ ।
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ । २ देखि ८ डिग्री सेल्सियस...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend