Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • भिजिट भिसामा जाने लर्को फेरि बढ्यो, चेकजाँच नै हुन छाड्यो


    बुधबार, असोज ८ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको कार्यकाल भिजिट भिसा प्रकरणले संसदभित्र हंगामा मच्चियो । नेपालको संसदीय इतिहासमै सबैभन्दा लामो समय संसद अबरुद्ध हुन पुगेको भिजिट भिसा प्रकरण चर्किरहेकै बेला संसद बिघटन भयो । तत्कालीन सरकारले उक्त प्रकरणका बारेमा छानबिन समिति बनाएको भए पनि हालसम्म उक्त समितिले प्रतिवेदन बुझाउन पाएको छैन ।

    यहीबीचमा जेनजी पुस्ताले भ्रष्टाचार बिरुद्ध र सुशासनको पक्षमा गरेको प्रदर्शनपछि सरकार नै परिवर्तनमात्र भएन । संसद नै बिघटन हुन पुग्यो । देशको राजनीतिले नयाँ कोर्ष लिइसकेको छ । तर राजनीतिक तरलताको यही मौका छोपेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिगतमा भन्दा बढी भिजिट भिसामा नेपाली कामदार विदेश गएका छन् । अध्यागमन बिभागको महानिर्देशक रामचन्द्र तिवारीको आगमनसँँगसँगै भिजिट भिसामा नेपाली युवा बिदेश पठाउने क्रम बढेको छ ।

    तिवारी अध्यागमन बिभागको महानिर्देशक हुनु र त्रिभुवन बिमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा नरहरि घिमिरे गएपछि अध्यागमन अधिकृतहरुले भिजिट भिसामा जाने नेपाली युवालाई बिनासोधपुछ उडाउँदैआएका छन् । विगतमा चर्को सोधपुछ र इन्क्वायरी हुँदासमेत दलालहरुले सेटिङ गरेर नेपाली युवालाई भिजिट भिसाका मानवतस्करी धन्दा चलाएका थिए । पूर्वगृहमन्त्री लेखक विवादमा आएपछि केही समय भिजिट भिसामा पठाउने क्रम रोकिएको थियो । तर करिब २ महिनादेखि अध्यागमन बिभागका महानिर्देशक तिवारीकै निर्देशनमा बिनासोधपुछ टिकट र होटलको कागज र ५ सय अमेरिकी डलर साथमा भएपछि भिसाको प्रकृति र सोधपुछ नै नगरी अध्यागमन अधिकृत युवाहरुलाई अध्यागमन अनुमति दिन बाध्य हुँदैआएका छन् ।

    अध्यागमन स्रोतकाअनुसार विगतमा कडाइ हुँदा त दलालहरुले सेटिङ गर्दैआएका थिए भने अहिले महानिर्देशकले नै सेन्टर कलेक्सन गरी पठाउने गरेका कारण भिजिट भिसाबाहकहरु ुखुरुखुरु अध्यागमनबाट उडिरहेका छन् । बिचौलियाहरुले अध्यागमनमा भन्नुपर्ने सबै कुरा सिकाएर पठाएका कारण अध्यागमन अधिकृतहरुले शंका लागेर केही सोधपुछ गर्न खोज्दा उल्टै उनीहरुले कागजपत्र हेर्नु भनेर थर्काउने गरेका छन् ।

    कागजात अनुसारको अनुहार र हाउभाउसमेत हेर्ने अधिकारबाट बन्चित गराइएका अध्यागमन अधिकृतहरुले शंका लागे पनि अध्यागमन अनुमतिको छाप लगाइदिन बाध्य छन् । पछिल्ला २ महिनायता दलालहरुले सेटिङमा बिमानस्थल प्रवेश गराएका भिजिट भिसाबाहकहरु अध्यागमनबाट फर्किनुपरेको छैन । केही दिनअघि शंका लागेर एक युवालाई सोधपुछ गरेकै आधारमा अध्यागमन बिभागका महानिर्देशकको निर्देशनमा ती अधिकृतलाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो । स्रोतका अनुसार अहिले अध्यागमन अधिकृतहरुको काम बिचौलियाहरुले सेटिङ र कीर्ते कागजात बनाएर पठाएका, भिजिट भिसामा रोजगारीका लागि जान लागेका स्पष्ट हुुँदाहुँदै पनि अनुमति दिन बाध्य छन् ।

    महानिर्देशक तिवारीले ट्राभल एजेन्सी र म्यानपावरका दलालहरुले सेटिङ गरेकै आधारमा यो धन्दा अहिले उत्कर्षमा पुगेको छ । अघिल्ला गृहमन्त्री रमेश लेखकले तिवारीलाई गृहमन्त्रालयमा प्रवेश गराएर सुनसरीको प्रजिअ हुँदै शान्तिसुरक्षा महाशाखाको प्रमुखको जिम्मेवारीसमेत दिइएको थियो । केही समय उक्त महाशाखामा बसेर काठमाडौंको सीडीओ बन्न छाडेर तिवारी अध्यागमनतिर अतिरिक्त कमाईका लागि लागेका थिए ।

    अध्यागमनमा पटक-पटक पुगेर कर्मचारीलाई त्रसित हुने किसिमले निर्देशन दिएर फर्किने गरेका तिवारी र बिचौलियाबीचको भेटघाट अधिकांश समय एभरेष्ट होटल लगायतका क्याफेहरुमा हुने गरेको छ । यस्ता बिचौलिया भेटघाटमा सूचना लिक नहोस् भनेर तिवारी सवारीचालक समेत नलिई आफै गाडी चलाएर पुग्ने गरेका छन् । सुशासनको पक्षमा र भ्रष्टाचार नियन्त्रणमा  निर्मम हुने अठोट लिएका गृहमन्त्री ओमप्रकाश अर्यालले तिवारीको यो हदसम्मको क्रियाकलापलाई रोक्न सक्लान् त भन्ने प्रश्न उठेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार