Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • जेन–जी आन्दोलनपछि पनि बिचौलियाकै चलखेल, प्रचण्ड परिवारमार्फत् पुनम यादवलाई मन्त्री बनाउने तयारी


    मंगलबार, भाद्र ३१ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । जेन–जी आन्दोलनले सत्ता पल्टाएर देशलाई नयाँ दिशामा लैजाने आशा जगाएको थियो । कलिला बालबालिकासहित ७० भन्दा बढीले बलिदान दिएर बनेको सुशीला कार्की नेतृत्वको सरकारले स्वच्छ छविका नेतृत्वलाई अघि ल्याउने अपेक्षा थियो । तर, आन्दोलनको बलिदानमाथि उपहास हुनेगरी फेरि पुरानै बिचौलिया प्रवृत्तिका पात्रलाई मन्त्री बनाउन दवाव बढेपछि राजनीतिक वृत्त तातिएको छ ।

    प्रधानमन्त्री सुशीला कार्की र उनले बनाएका तीन मन्त्रीको छवि राम्रो भए पनि थप मन्त्री हुन चर्चामा रहेका अनुहारहरुका बारेमा अनेक प्रश्न उठेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डकै विश्वासपात्रका रूपमा चिनिँदै आएकी पुनम यादवलाई मन्त्री पदका लागि अघि सारिएको चर्चा चर्को बनेको छ । प्रचण्डकी छोरी गंगा र रेणु दाहालमार्फत् सेटिङ गर्ने, डिल मिलाउने र बर्षौंयता भ्रष्टाचारबाट संकलित कालो धन सुरक्षित राख्ने व्यक्तिका रूपमा पुनम यादवको नाम बारम्बार सतहमा आइरहेको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा राजस्व अनुसन्धान विभागदेखि भन्सारसम्म हुने उठ्ती उनीमार्फत् चल्ने गरेको गम्भीर आरोप लाग्दै आएको छ ।

    रेणु दाहाल र गंगा दाहालको बीचमा पुनम यादव

    यस्तो विवादास्पद व्यक्तिलाई जेन–जी आन्दोलनबाट बनेको भनिएको ‘स्वच्छ सरकार’ मा मन्त्री बनाउने तयारीलाई आन्दोलनकारी युवाहरूको शहादतमाथि अपमानको रूपमा लिइएको छ । ‘७० भन्दा बढी युवाको बलिदानपछि पनि प्रचण्ड परिवारले सेटिङ–डिलमै चल्ने हो भने आन्दोलनको औचित्य के ?’ भन्दै रौतहटदेखि काठमाडौंसम्म प्रश्न उठ्न थालेको छ ।

    प्रचण्डकै सिफारिसमा हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारीमा कुलमान घिसिङलाई मन्त्री बनाइसकिएको चर्चा हुने गरेको छ । अब भने पुनम यादवलाई अर्को मन्त्रालय विशेषगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा पठाउने तयारी भइरहेको राजनीतिक वृत्तमा चर्चा छ । पुनम यादवले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आफू मन्त्री हुने भन्दै मिडियाबाजी गर्न थालिसकेकी छन् ।

    पुनमले मन्त्री हुने भनेर लेखाएको समाचार, प्रचण्ड र रेणुसँगको तस्वीर

    पुनम यादवसहित अन्य तीन जनाको नाम पनि सोही मन्त्रालयकालागि सिफारिस भए पनि प्रचण्डले यादवको लागि चर्को दबाव दिइरहेका छन् ।

    जेन–जी आन्दोलन पुरानै बिचौलिया र भ्रष्टाचारको मुखमा विलीन हुने हो भने यो परिवर्तन केवल नामको मात्रै हुनेछ चर्चा व्याप्त छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार