दाङ । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएका दाङका सबै कार्यालय सरसफाइ गरिएको छ । आजसम्म सबै सरकारी कार्यालय सरसफाइ गरिएकामा अत्यावश्यक कामहरू पनि सुरु भएका छन् । उच्च अदालत, तुलसीपुरले बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता सुरु गरेको छ ।
यस्तै, तुलसीपुर उपमहानगरपालिकाले क्यान्सर, मिर्गौलापीडितको उपचारका लागि सिफारिस दिन सुरु गरेको छ । उपमहानगर प्रमुख टीकाराम खड्काले कार्यपालिका बैठकले मङ्गलबारदेखि पूर्ण रूपमा सेवा दिने निर्णयसमेत गरिसकेको बताउनुभयो । मङ्गलबार सर्वपक्षीय बैठकसमेत बोलाइएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, मालपोत, यातायात, आन्तरिक राजस्व, इलाका प्रशासन, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, भू–संरक्षण तथा जलाधार, लोकसेवा आयोग र नेपाल आयल निगमको कार्यालयमा सरसफाइ गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जिल्लामा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनाएका दुई दर्जनभन्दा बढी कार्यालय सफाइ गरिएको बताउनुभयो। जिल्ला प्रशासनले सरसफाइसँगै कार्यालय प्राङ्गणबाटै सेवा दिनेगरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend