दाङ । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएका दाङका सबै कार्यालय सरसफाइ गरिएको छ । आजसम्म सबै सरकारी कार्यालय सरसफाइ गरिएकामा अत्यावश्यक कामहरू पनि सुरु भएका छन् । उच्च अदालत, तुलसीपुरले बन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता सुरु गरेको छ ।
यस्तै, तुलसीपुर उपमहानगरपालिकाले क्यान्सर, मिर्गौलापीडितको उपचारका लागि सिफारिस दिन सुरु गरेको छ । उपमहानगर प्रमुख टीकाराम खड्काले कार्यपालिका बैठकले मङ्गलबारदेखि पूर्ण रूपमा सेवा दिने निर्णयसमेत गरिसकेको बताउनुभयो । मङ्गलबार सर्वपक्षीय बैठकसमेत बोलाइएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, मालपोत, यातायात, आन्तरिक राजस्व, इलाका प्रशासन, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, भू–संरक्षण तथा जलाधार, लोकसेवा आयोग र नेपाल आयल निगमको कार्यालयमा सरसफाइ गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जिल्लामा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनाएका दुई दर्जनभन्दा बढी कार्यालय सफाइ गरिएको बताउनुभयो। जिल्ला प्रशासनले सरसफाइसँगै कार्यालय प्राङ्गणबाटै सेवा दिनेगरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend