काठमाडौंं । भदौ २३ गते नौजवान युवा पुस्ता (जेन जी) ले जुन माग राखेर र जुन आचारसंहिताको घोषणा गरेर आन्दोलन आरम्भ गरेका थिए, त्यसले सबै नेपालीलाई स्वतःस्फूर्त आकर्षित गरेको थियो । त्यसले उनीहरुको जम्मेवारीबोधको उचाईसमेत प्रदर्शन गरेको थियो । तर निहत्था र अबोध नौजवानहरुमाथि सरकारले गरेको बर्बरतापूर्ण राक्षसी आक्रमणले सम्पूर्ण राजनीतिक र मनोवैज्ञानिक परिस्थितिलाई हल्लाइदियो ।
वस्तुतः सरकारले गरेको नरसंहार र प्रधानमन्त्री ओलीको नालायकीको पराकाष्टालाई बहाना बनाएर हिजो बिहानदेखि देशभरिका सार्वजनिक सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीका जेजस्ता घटना भए ती जनताको स्वतःस्फुर्त आक्रोशले मात्रै भएका थिएनन् भन्ने तथ्य बुझ्न हामीलाई समय लाग्नेछ ।
यसबाट मुलुकले महाभूकम्प र भारतको नाकाबन्दीकै जस्तो खर्बौंको राष्ट्रिय सम्पत्तिको ध्वंश भएको छ । एकै दिनमा देशभरि लूट, तोडफोड र आगजनीको ताण्डवले हाम्रो राष्ट्रिय मानसपटलमा जुन चोट पुञ्याएको छ त्यसले हामीलाई दशकौँसम्म झस्काइरहनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अप्राकृतिक सत्तालिप्साले गर्दा मुलुकले १० वर्षमा हासिल गर्नसक्ने तीब्र आर्थिक विकास र सामाजिक तथा साँस्कृतिक आधारहरु निर्माणका अवसर गुमाएकै थियो । भदौ २३ गते नरसंहारले मुलुकलाई फेरि अर्को चरणको ‘नियन्त्रित अस्थितरता’ तर्फ धकेलेको छ । दुर्भाग्यवश, एउटा कुरा निश्चित भएको छ कि नेपाल अब फेरि उथलपुथलको नयाँ श्रृंखलामा प्रवेश गरेको छ । वस्तुतः भ्रष्टाचारविरुद्ध उठेका नौजवान युवा आन्दोलनकारीबाट आन्दोलनकै अपहरण भएपछि यो ताण्डवको आरम्भ भएको थियो । अब पर्दा पछाडिका शक्तिहरु नेपाललाई युक्रेन, लिबिया वा बङ्गलादेश बनाउने प्रयास गर्नेछन् भन्ने कुरामा हेक्का नराख्नु आज जीवित रहेको हाम्रो पुस्ताको घोर नालायकी हुनेछ ।
लोकतान्त्रिक स्थीरताका साथ समृद्ध बन्ने नेपाल राष्ट्रको आकाङ्क्षालाई बोक्नसक्ने योग्यता भएको जिम्मेवार नेतृत्वको अभावमा हाम्रा राजनीतिक पार्टीहरु जनताबाट अलग्गिँदै गएका थिए । मैले २०७५ सालको संसद विघटन लोकतान्त्रिक गणतन्त्रको ओरालो यात्रा हो, यही नेतृत्व रहिरह्यो भने यो नेपाली जातका अझै ठूला दुर्दिन नजिक आउँदैछन् भनेर राजनीतिक समुदायलाई बुझाउने प्रयास गरिरहेँ ।
भ्रष्टाचार नगर्ने सदस्यहरुको पार्टीबिना लोकतान्त्रिक गणतन्त्रलाई बचाउन सकिन्न भनेर चिच्याइरहेँ । दलाल पूँजीवादसँग गठजोड गरेको नेतृत्वबाट लोकतान्त्रिक गणतन्त्रको रक्षा हुनै सक्दैनथ्यो । त्यस सत्यलाई राजनीतिक पार्टीहरुमा स्थापित गर्न सकिएन ।
राजनीतिको मिटरब्याजमा सत्ताभोग गरिरहेका नेताहरुबाट हामी धेरै पटक पराजित भयौँ जसको मूल्य अहिले मुलुकले तिर्दैछ । देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिका लागि दशकौँसम्म बलिदान र त्यागले निर्माण भएका राजनीतिक पार्टीका लाखौँ कार्यकर्ताहरु सामाजिक लफङ्गाहरुबाट लखेटिनुपर्ने भयो । दिनदहाडै मुलुकको चीरहरण हुँदा त्रस्त, हतास, निरुपाय भएर लुक्नुपर्ने भयो ।
मुलुकको यस असाधारण हलचलको अवस्थामा हाम्रो पंक्तिमा हतासा, पलायन, आत्मसमर्पण देखिनु स्वाभाविक हो । तर हरेक क्रान्तिकारी आन्दोलन आफैंभित्रका नालायकीमाथि विजय हासिल गर्दै अगाडि बढ्छ । यो धक्का हाम्रो विचारको असफलता होइन, लोकतन्त्र र समाजवादका मूल्यहरुको असफलता होइन, त्याग र बलिदानले बनाएको हाम्रो इतिहासको असफलता पनि होइन ।
यो त गणतन्त्रलाई बिर्ता ठान्ने केवल केही नेताहरुको असफलता हो, ती नेताका स्वार्थको लक्ष्मणरेखा नाघेर अगाडि बढ्न नसक्ने हाम्रो नादानीको असफलता हो । यस वास्तविकतालाई आत्मसात गर्न सक्यौँ भने हामीले हतासा, पलायन र आत्मसमर्पणलाई सजिलै जित्न सक्छौँ । त्यसैले अझ बढी धैर्यता, दूरदृष्टि र हिम्मतका साथ परिस्थितिको मूल्याङ्कन गर्दै हाम्रा अभिभारा निर्धारण गरौँ । अब हामीलाई बाटो देखाउन कुनै महापुरुष बाँकी छैन । परिस्थिति नयाँ छ, त्यसैले नयाँ परिस्थितिको विचार, राजनीति र सङ्गठनका साथै नयाँ नेतृत्व निर्माण गर्दै अघि बढौँ ।
नयाँ राजनीतिक–भूराजनीतिक घटनाहरु कसरी घट्छन् अहिले नै भन्न सकिन्न । अहिलेका घटनाक्रम जतिसुकै अप्राकृतिक र असह्य भए पनि यो भन्दा बढी जनधनको क्षति नहोस् भन्ने कुरामा ध्यान दिउँ । तर राजनीतिलाई असाधारणरुपले प्रतिक्रान्तिकारी दिशामा लैजाने, हामीले आर्जेका राजनीतिक तथा संवैधानिक व्यवस्थाहरुलाई भत्काउने र हामीलाई असफल मुलुक घोषणा गर्ने प्रयासलाई नजिकबाट अध्ययन गर्दै हाम्रो तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि तयार रहौँ । हामी समयको परीक्षामा छौँ, सामना गर्न मनसा–वाचा–कर्मणा तयार होऔँ ।
अन्त्यमा, प्रिय नौजवान युवाहरु (जेन–जी) १ तपाईँहरुलाई वारेस बनाएर मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिँदैछ । मेरो पुस्ताकोनालायकीप्रति म लज्जित छु, माफी माग्छु । तर त्यसका नाममा तपाईँहरुलाई अरुले लुट्न नपाओस् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend