काठमाडौं । नेकपा(माओवादी केन्द्र) सँग पार्टी एकता विवादपछि विभाजित नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले घनश्याम भूसाललाई संयोजक तोकेको छ । विभाजनपूर्व भुसाल पार्टी महासचिव थिए ।
शनिबार राति ६७ जना केन्द्रीय सदस्यको भर्चुवल मिटिङमार्फत् उनलाई संयोजक तोकिएको हो । बैठकमा सहभागी केन्द्रीय सदस्य अमृतसागर बस्नेतका अनुसार एकीकृत समाजवादी पार्टी संयोजक भुसाललाई तोकिएको छ ।
उनका अनुसार बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने, यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय गरेको छ ।
यस्तै, विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गरिने पनि बैठकले निर्णय गरेको छ । तर, त्यसका लागि मिति भने तोकिएको छैन । कतिपय नेता–कार्यकर्तामा रहेको अन्यौलता चिर्न सबैले पहल गर्ने पनि जुम बैठकले निर्णय गरेको बस्नेतले जानकारी दिए । भूसालसँगै दामोदर अर्याल, जीवनराम श्रेष्ठहरुको टीम पुनर्गठनको पक्षमा रहेको छ ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend