काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेन-जी पुस्ताका प्रदर्शनकारीलाई भौतिक सम्पत्ति तोडफोड नगर्न आग्रह गरेका छन् । उनले प्रदर्शनकारीलाई संयमित हुन अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेकाले अब संयमित हुन उनले आग्रह गरेका छन् ।
केहीबेरअघि उनले सामाजिक संजालमा लेखेका छन्–हामीले स्पष्टरूपमा भनेका थियौं । यो नितान्त जेन–जीको आन्दोलन हो ।
प्रिय जेन–जी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ ।

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend