Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री ओलीले अबिलम्ब राजीनामा दिनुपर्छ : गगन थापा


    मंगलबार, भाद्र २४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जेन-जी पुस्ताले गरेको सोमबारको प्रदर्शनमा सरकारले गरेको बल प्रयोगबाट १९ जनाको मृत्यु भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना भइरहेको छ । १९ जना बालबालिकोको मृत्युपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि पश्चाताप गरेर राजीनामा दिने पक्षमा देखिएका छैनन् ।

    यसैबीच, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अबिलम्ब पद छाड्नुपर्ने बताएका छन् । थापाले नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनु नहुने उल्लेख गरेका छन् ।

    मंगलबार बिहान थापाले सामाजिक संजालमा लेखेका छन्–‘रातभर सुत्न सकिनँ । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखा अगाडि घुमिरहेको छ । प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।

    अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहँुदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार