काठमाडौं । यसै साता बागमती प्रदेशका मुख्यमन्त्री नियुक्ति भएका इन्द्रबहादुर बानियाँको एकल निर्णयकै कारण बागमती प्रदेश सरकार ढल्ने संकेत देखिएको छ ।
मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेसका ३७ प्रदेश सभा सदस्य भित्र पनि कसैलाई च्याप्ने र कसैलाई फ्याँक्ने काम गरेको भन्दै बानियाँमाथि प्रदेश सभा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
बानियाँ नेपाली कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका कारण सबैलाई मिलाएर लैजानुपर्ने अवस्थामा आफ्नै पार्टीको सरकार अपदस्थ गरी आफंै सरकारको नेतृत्व गर्न गएपछि पार्टी र प्रदेश सभामा बानियाँको पार्टीप्रतिको बदमासी छर्लङ्गै भएको नेता कार्यकर्ताको बुझाइ रहेको छ ।
बानियाँले आफू मुख्यमन्त्री भएपछि नेपालि कांग्रेस संसदीय दलमा समेत एकल निर्णय गर्न सुरु गर्दैजाँदा उनी थप विवादित बनेका हुन् । बानियाँले हतार हतार काठमाडौंमै संसदीय दलको बैठकको कर्मकाण्डी गरेर प्रदेश सभामा धमाधम नियुक्ति र चयन प्रक्रिया बढाएको भन्दै कांग्रेसका उच्चतहका नेताले समेत उक्त निर्णयप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।
मुख्यमन्त्री बानियाँले छलफल नै नगरी मीनकृष्ण महर्जनलाई संसदीय दलको सचिव चयन गरेका छन् । उता बागमती प्रदेश सभा नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्साललाई कुनै जानाकारी नै नगराई कन्चनचन्द्र वादेलाई प्रमुख सचेतक बनाएको भन्दै बानियाँको कार्यशैलीप्रति प्रदेश सभा सदस्यबाट बिरोध भएको हो ।
राजनीतिमा इमान्दारिताको पाठ पढाउन पछि नपर्ने बानियाँले कुन राजनीतिक इमान्दारिता प्रयोग गरेर आफ्नै सरकार ढाल्न अविश्वास प्रस्ताव पेस गरे, संसदीय दलको निर्वाचनमा आफूलाई मतदान गर्ने २१ जना प्रदेशसभा सदस्यलाई काखी च्यापेर १४ प्रदेश सभा सदस्यलाई फ्याँक्ने कुन राजनीतिक इमान्दारिता हो बानियाँको ? एक प्रदेश सभा सदस्यले गुनासो गरे ।
मुख्यमन्त्री भएपश्चात् आफूबिरुद्धका प्रदेशसभा सदस्यमाथि सौतेनी व्यवहार गरेका बानियाँ एक साता नबित्दै तिनै सांसदलाई फकाउन लागिपरेका छन् । साउन २७ गते बिश्वासको मत लिने तयारी गरेका बानियाँलाई बहादुरसिंह लामा समूहका १४ सांसदले बिश्वासको मत नदिने सार्वजनिक रुपमै अभिव्यक्ति दिएपछि बानियाँ फोटो टाँस्न मात्र मुख्यमन्त्री हुने त होइनन् भन्ने बिषयलाई चासोको रुपमा हेरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरवहादुर देउवासम्मलाई घुमाउने रणनीतिमा देखिएका बानियाँ साउन २७ मा १४ सांसदले बिश्वासको मत नदिने निर्णय गरे भने आफैं सिताङ्ग अनुमान गरिएको छ ।
पार्टी र संसदियदलमा आफ्नो एकाधिकार जमाउन बानियाँले काठमाडौंमा उपलब्ध केही प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको सरकारी निवास भैंसेपाटीमा डाकेर संसदीय दलको सचिव नियुक्त गरे, प्रमुख सचेतक नियुक्त गरे, प्रवक्ता नियुक्त गरे । त्यसपछि सुरु भयो बानियाँको २१ च्याप्ने र १४ फ्याँक्ने रणनीति ।
पार्टी नेतृत्व, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, प्रमुख सचेतक, बागमती प्रदेश सभाका सभामुख र उपसभामुख समेतलाई पूर्ववत जानकारी गराएर साउन २३ मा अमेरिका गएका प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारलाई २४ गते नै प्रमुख सचेतकको जिम्मेवारी पाएका कन्चनचन्द्र वादेले २४ गते नै ह्वीप जारी गरेको पत्र तयार गरी २५ गते चित्रकारलाई ह्वाटसप ग्रुपमा पत्र पठाएका छन् । र, २७ गते उनलाई उपस्थित हुन निर्देशन जारी गर्नुले पनि बानियाँ २१ जना च्याप्ने र १४ जनालाई फ्याँक्ने रणनीतिमा रहेको प्रस्ट हुने चित्रकारले बताए ।
नेपाली कांग्रेसको संसदीय दलको बिधानको धारा १८ को उपधारा ४ मा नेताद्वारा मनोनीत कुनै पदाधिकारीलाई हटाउनका लागि संसदीय दलको सम्पूर्ण सदस्य संख्याको पच्चीस प्रतिशतले नेता समक्ष लिखित निबेदन गरेमा संसदीय दलको सम्पूर्ण सदस्य संख्याको सामान्य बहुमतले पारित गरेमा हटाउन सकिने व्यवस्था गरेको भए पनि कुनै प्रक्रिया नगरी बानियाँले मुख्य सचेतक, संसदीय दलको सदस्य सचिव र प्रवक्ता नियुक्त गर्नुले पनि बानियाँले संसदीय दलको बिधि र बिधानबिपरीत काम गरेको प्रदेश सभा सदस्यले आरोप लगाएका छन् । आफूमाथि अविश्वासको प्रस्ताव पेस गरेका बानियाँलाई लामा समूहका प्रदेश सभा सदस्यले कुन नैतिकतामा टेकेर बानियाँलाई विश्वासको मत देलान् त ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend