Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सप्तरीमा तस्कर र प्रहरीबीच भिडन्त, प्रहरीको गोली लागी एकको मृत्यु


    बुधबार, साउन २१ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सप्तरी । प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

    प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

    प्रहरी गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो तर उपचारकै क्रममा उनको ‌मृत्यु भएको हाे ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करहरूले सिमापार तस्कर गरिरहेको भन्ने सुचनाको आधारमा गस्तीमा जाँदा स्थानियहरूले ढुंगामुढा प्रहार गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय यादवको मृत्यु भएको हो ।

    बस्नेतले स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताए । उनका अनुसार झडपमा एक जना प्रहरी पनि घाईते भएका छन् ।

    सो झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार