काठमाडौं । प्रहरीले बिहीबार राति ठमेल र महाराजगंज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगंजको साम्बला होटलमा जन्मदिन मनाइरहेका गुण्डानाइके मिलन गुरुङ(चक्रे मिलन) र सिद्ध गुरुङ लगायत छन् ।
बिहीबार राति गुण्डागर्दी गर्नेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरुको सूची सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा गोरखा सिरानचोक घर भएका सिद्ध गुरुङ पनि छन् । उनलाई चक्रेको जन्मदिन मनाइरहेकै ठाउँबाट पक्राउ गरिएको थियो ।
गुरुङ धरहरा संचालन गर्ने कम्पनी साइडवाकर्सका संचालक हुन् । २०७२ को भूकम्पअघि गुरुङको कम्पनीले धरहरा संचालनको ठेक्का पाएको थियो । धरहरा संचालनको ठेक्का पाएको साइडवाकर्सले वरिपरि खुल्लारुपमा मासुदेखि मम र सेकुवा पसल संचालन गरी बातावरण नै प्रदूषण गर्दै भाडा उठाउने तर महानगरलाई नतिरेकोमा विवादित थियो । काठमाडौं महानगरलाई सम्झौता अनुसारको भाडा नतिरेपछि यादव कोइराला प्रमुख प्रशासकीय अधिकृत हुँदा डोजर लगाएर धरहरा वरिपरिका अवैध संरचना हटाएका थिए ।

भूकम्पपछि धरहरा सरकारले निर्माण गर्यो । सम्झौताअनुसार साइडवाकर्सले नै धरहरा निर्माण गर्नुपर्नेमा गरेन । उल्टै धरहरा निर्माणपछि साइडवाकर्सले १४ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै सिद्ध गुरुङले अदालतमा मुद्दा दिए । काठमाडौं महानगरपालिकाका कानुन बिभागका प्रमुख बसन्त आचार्यसँग सेटिङ गरी अदालतबाट मुद्दा जिते । र, मेयर बालेन साहलाई समेत गुमराहमा पारी सोझै
काठमाडौं महानगरको खाताबाट १४ करोड भुक्तानी सिद्ध गुरुङको साइडवाकर्सलाई दिएका थिए । सम्झौता अनुुसार धरहराको ठेक्का लिएपछि भत्किंदा बनाउनुपर्ने साइडवाकर्सकै हो । तर सिद्ध गुरुङले धरहरा त निर्माण गरेनन् नै, उल्टै सरकारले बनाइसकेपछि आफ्नै कम्पनी साइडवाकर्सले नै ठेक्का पाउनुपर्ने, तर नपाएको भन्दै काठमाडौं महानगरपालिकाबिरुद्ध क्षतिपूर्ति मागदाबी गर्दै मुद्दा दायर गरे । महानगरका कानुन प्रमुख बसन्त आचार्यसँग सेटिङ गरी मुद्दा जितेर १४ करोड क्षतिपूर्ति लिएका थिए ।
सिद्ध गुरुङले काठमाडौं हात्तीसारमा आलिसान दोहोरी रेष्टुरेन्ट पनि संचालन गरेका थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले सिद्ध गुरुङ पक्राउ परेको बताए । उनले भने–‘पक्राउ परेकाहरुको स्क्रीनीङ गर्ने कार्य परिसरका अधिकृतहरुले गरिरहनुभएको छ । स्क्रीनिङ सकिएपछि दोषी देखिएकाहरुलाई म्यादथप गरी अनुसन्धान गर्ने र कसुर नभएकाहरुलाई छाडिनेछ ।’ चक्रेसँगै पक्राउ परेका सिद्ध गुरुङले छुट्नका लागि बिभिन्न शक्ति प्रयोग गरिरहेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend