Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • झगडा छुट्याउन गएका दाजुमाथि भाइले गरे खुकुरी प्रहार, दाजुको मृत्यु


    शुक्रबार, साउन ९ २०८२
    745
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मुकेशकुमार यादव

    सिरहा । सिरहामा श्रीमान(श्रीमतीबीको झगडा छुट्याउन गएका आफनै दाजुमामाथि भाइले खुकुरी प्रहार गर्दा दाजुको मृत्यु भएको छ।

    गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाजुमाथि खुकुरी प्रहार गर्दा बिहीवार राति ३५ बर्षीय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो ।

    श्याम र उनकी श्रीमती कौशिल्यादेवी सदाबीच घरायसी विवादका कारण झै–झगडा भई कुटपीट समेत हुन थालेपछि छुट्याउन पुगेका मोतिराममाथि खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    खुकुरी प्रहारबाट छातिमा गम्भिर घाउ लागेका मोतिरामलाई तत्काल उपचारका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बीरेन्द्र पासवानले जनाए ।

    उनले भने, ‘खुकुरी प्रहार गरी जंगलतर्फ भागेका श्यामको रातिबाटै खोजी कार्य भइरहेको छ। फरार रहेका सदालाई छिट्टै नै नियन्त्रण लिने जनाइएको छ।  शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार