२०८१ असार २१ गते नेपाल फेस अनलाइनमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो श्रीमती विश्वकुमारी श्रेष्ठले १–६–५ (एक विघाह पाच कट्टा ५ धुर) मेरो पत्नीको नाममा पास भएको जग्गा मेरो पैत्रिक सम्पत्ति हो । उक्त जग्गा व्यापार गर्न मैले उक्त जग्गा पासगरी पुष्कर यादवसँग ऋण लिएको थिएँ ।
ऋण तिर्न म लिलानाथ श्रेष्ठको नाममा रहेको ०–१–७ एक कट्ठा सात धुर जग्गा मेरो सिरहा गोलबजार नपा वडा ७ चोहरवामा रहेको जग्गा १ करोड २२ लाखमा बिक्री गरेको र सिद्धार्थ बैंक मिर्चैयाबाट मेरो श्रीमती विश्वकुमारी श्रेष्ठको नाममा ५० लाख र छोरा अन्जननाथ श्रेष्ठको नामबाट ५० लाख ऋण लिई जम्मा १ करोड ७६ लाख ऋण चुक्ता गरी जग्गा फिर्ता गरेको ।
गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न आवश्यक कनुन संशोधनमा पूर्व कानुनमन्त्रीको हैसियतमा सहयोग लिएको भन्ने समाचार प्रकाशन भएकोमा म कानुन मन्त्री हँुदा गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धी कुनै पनि कानुन नबनेको जानकारी गराउँदछु ।
साथै न्यायाधीश नियुक्ति सरुवा–बढुवाबाट भएको आम्दानीबाट ऋण चुक्ता गरेको भन्ने समाचार प्रकाशन भएकोमा यस प्रकारको समाचार प्रकाशनले मेरो चरित्रहत्या भएकाले खेद व्यक्त गर्दै समाचार प्रकासन गर्नुभन्दा पहिले सम्बन्धित व्यक्तिसँग तथ्यसत्य बुझी समाचार प्रकाशन गर्न अनुरोध गर्दछु ।
लिलानाथ श्रेष्ठ, प्रतिनिधिसभा सदस्य, सिरहा क्षेत्र नम्बर ३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend