२०८१ असार २१ गते नेपाल फेस अनलाइनमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो श्रीमती विश्वकुमारी श्रेष्ठले १–६–५ (एक विघाह पाच कट्टा ५ धुर) मेरो पत्नीको नाममा पास भएको जग्गा मेरो पैत्रिक सम्पत्ति हो । उक्त जग्गा व्यापार गर्न मैले उक्त जग्गा पासगरी पुष्कर यादवसँग ऋण लिएको थिएँ ।
ऋण तिर्न म लिलानाथ श्रेष्ठको नाममा रहेको ०–१–७ एक कट्ठा सात धुर जग्गा मेरो सिरहा गोलबजार नपा वडा ७ चोहरवामा रहेको जग्गा १ करोड २२ लाखमा बिक्री गरेको र सिद्धार्थ बैंक मिर्चैयाबाट मेरो श्रीमती विश्वकुमारी श्रेष्ठको नाममा ५० लाख र छोरा अन्जननाथ श्रेष्ठको नामबाट ५० लाख ऋण लिई जम्मा १ करोड ७६ लाख ऋण चुक्ता गरी जग्गा फिर्ता गरेको ।
गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न आवश्यक कनुन संशोधनमा पूर्व कानुनमन्त्रीको हैसियतमा सहयोग लिएको भन्ने समाचार प्रकाशन भएकोमा म कानुन मन्त्री हँुदा गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धी कुनै पनि कानुन नबनेको जानकारी गराउँदछु ।
साथै न्यायाधीश नियुक्ति सरुवा–बढुवाबाट भएको आम्दानीबाट ऋण चुक्ता गरेको भन्ने समाचार प्रकाशन भएकोमा यस प्रकारको समाचार प्रकाशनले मेरो चरित्रहत्या भएकाले खेद व्यक्त गर्दै समाचार प्रकासन गर्नुभन्दा पहिले सम्बन्धित व्यक्तिसँग तथ्यसत्य बुझी समाचार प्रकाशन गर्न अनुरोध गर्दछु ।
लिलानाथ श्रेष्ठ, प्रतिनिधिसभा सदस्य, सिरहा क्षेत्र नम्बर ३

काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend