Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्रीमाथि लाग्यो यस्तो आरोप, दुई महिनामै पौने दुई करोडको जग्गा खरिद


    शुक्रबार, असार २२ २०८१
    10.9K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । पूर्व कानून मन्त्री तथा बहालवाला सांसद लीलानाथ श्रेष्ठले मन्त्री भएको दुई महिनाभित्र पौने दुई करोडको जग्गा खरिद गरेको आरोप लागेको छ । ।

    मन्त्री श्रेष्ठले पत्नी विश्वकुमारी श्रेष्ठको नाममा जग्गा पास गराएको खुलेको छ । । मालपोत कार्यालय लहानको श्रेस्ता अनुसार २०७८ असार १ का दिन रजिष्ट्रेशन नम्बर ०००९९९७ मा साविक जमदह गाविस वडा नं. ६ ख ( हाल वडा नं. ३ ) को कित्ता नं. ३४१,३४२,३४३,३४४,३४५ र ३४६ को ६ कित्ता जम्मा जग्गा बिघा १–६–५ ( एक विघा ५ कट्ठा पाँच धुर ) गोलबजार नगरपालिका वडा नं. ७ की विश्वकुमारी श्रेष्ठको नाममा राजीनामा पास भएको देखिन्छ ।

    मालपोत कार्यालय लहानको श्रेस्तामा गोलबजार नगरपालिका वडा नं. ४ का बासिन्दा हाल नेपाल विद्युत प्राधिकरणका इन्जिनियर शिवराम यादवसँग १,७६०००००।– एक करोड छयहत्तर लाखमा उक्त जग्गा खरिद गरेको देखिन्छ । कोभिडका कारण भएको लकडाउनको समयमा मालपोतका कर्मचारीलाई घरमै बोलाएर उक्त जग्गा पास गराइएको हो । सो मितिमा मालपोत कार्यालय लहानको श्रेस्तामा एक मात्र रजिष्ट्रेशन पास भएको छ ।

    नगरपालिकाभित्रको उक्त ६ कित्ता जग्गा पूर्व पश्चिम राजमार्गसँग टाँसिएको छ । सो जग्गाको बीचोबीच गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७७ साल माघ महिनामै सडक निर्माण गरेको नगरपालिकाका पूर्व मेयर देवनाथ साहले जानकारी दिएका छन् ।

    पूर्व मेयर साह भन्छन् खेलग्रामदेखि राजमार्गसम्म २०७७ सालमै सडक निर्माण भएको हो । तर सो जग्गा खरिद–बिक्री गर्दा जग्गामा बाटो नभएको वडाको सिफारिस पेस गरिएको छ । लगभग ५ करोड भन्दा अधिक मूल्य पर्ने सो ६ कित्ता जग्गाहरु राजस्व छल्ने उद्देश्यले फगत १ करोड ७६ लाख थैली हालेर खरिद बिक्री गरिएको छ ।

    पूर्वमन्त्री श्रेष्ठको प्रभावमा गोलबजार नगरपालिका वडा नं। ३ का वडाध्यक्ष धनप्रसाद लामाले सडक भएको उक्त जग्गाहरुमा बाटो सडक नभएको भनी झुटा सिफारिस दिएको थिए । ३ नं वडा कार्यालयको २०७८।०२।३१ को पत्र संख्या २०७७(०७८ चलानी नंं १३७७ मा उपरोक्त जग्गाहरुमा सडक बाटो नभएको उल्लेख छ ।

    सडक नभएको झुटा सिफारिसको आधारमा ५ करोडभन्दा अधिक मूल्य पर्ने उक्त जग्गाहरु कम थैली हालेर खरिद–बिक्री भएको छ । जसका कारण लाखौं लाख राजस्व गुमेको छ ।

    स्रोतका अनुसार उक्त जग्गा पूर्वमन्त्री तथा सांसद लीलानाथ श्रेष्ठकै हो । उनले निर्वाचनमा खर्च गर्न इन्जिनियर शिवराम यादवसँग ३ करोड ऋण लिएर उपरोक्त जग्गाहरु शिवराम यादवको नाममा राजीनामा पास गरिदिएका थिए । मन्त्री भएको दुई-तीन महिना नबित्दै श्रेष्ठले सावाँव्याज चुक्ता गरेर जग्गा फिर्ता लिएर पत्नीको नाममा पास गराएको आरोप छ ।

    पूर्वमन्त्री तथा सांसद लीलानाथ श्रेष्ठले आफूले जग्गा बिक्री गरेको १ करोड ७५ लाख र बैंकबाट १ करोड ऋण लिएर जग्गा लिएको प्रतिक्रिया दिए । मैले न्यायाधीश नियुक्तिमा एक पैसा लिएको प्रमाणित गर्न चुनौती दिए । गिरीबन्धु टी स्टेटको जग्गा मेरो पालामा कुनै निर्णय नभएको अवस्थामा कसरी मेरो नाम मुछियो ? विनाप्रमाणको समाचार प्रकाशित गरिएकोमा उनले आपत्ति प्रकट गरे ।

    यसैगरी पूर्वमन्त्री लीलानाथ श्रेष्ठको बारेमा प्रकाशित भएको समाचारमा स्रोतको भर पर्दा तथ्यहीन प्रसंगहरुसमेत पर्न गएकोमा क्षमायाचना गर्दै सम्पादन गरिएको जानकारी गराउँछौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार