महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवल्दार राजेश यादव र प्रहरी सहायक हवल्दार धर्मेन्द्र यादवले संगठनको नीति र अनुशासनविपरीत विगत ६ वर्षदेखि घुमुवा प्रहरीको रूपमा कार्य गर्दै तस्करी, धम्की, असुली र आन्तरिक अराजकता फैलाइरहेको आरोप लागेको छ ।
नेपाल प्रहरी संगठनभित्र ‘घुमुवा प्रहरी’ विवादास्पद संरचना मानिन्छ । तस्करहरूसँगको मिलेमतो, सिनियरलाई अवज्ञा, र संगठनको नाममा डर देखाउँदै आर्थिक लाभ उठाउने यस्ता व्यक्तिहरूलाई अघिल्लो नेतृत्वले हटाउने प्रयास गरे पनि हाल पुनः उनीहरू सक्रिय बन्दै गएका छन् ।
पहिले तानिए, फेरि पहुँचले फर्किए
मधेश प्रदेश प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल कार्यरत रहँदा यी दुबै घुमुवा प्रहरीलाई गणमा तानिएको थियो । तर, डिआईजी लालमणि आचार्यको कार्यकालमा उनीहरूलाई पुनः महोत्तरीमै घुमुवा प्रहरीको रूपमा खटाइएको स्रोतले जनाएको छ । हाल भने मधेश प्रदेशका प्रहरी प्रमुखमा डिआईजी उमा चतुर्वेदी रहेकी छन् ।
डिआईजी र एसपीको नाममा असुली
नेपालफेससँगको कुराकानीमा स्थानीय व्यापारीहरूले डिआईजी उमा चतुर्वेदी र महोत्तरीका एसपी हरेम्ब शर्माको नाम लिई घुमुवा प्रहरीहरू डर, त्रास र धम्की देखाउँदै व्यापारिक क्षेत्रमा असुली गरिरहेको गुनासो गरेका छन् । ‘हामी हाकिमकै मान्छे हौं’ भन्दै उनीहरूले जबर्जस्ती रकम असुल गर्ने गरेको व्यापारीहरूको भनाइ छ ।
तस्करी, संरक्षण र मौनता
सीमावर्ती चौकीहरू – सम्सी, इटहरवाकटी, पोखरभिन्डा, मटियानी, भिठामोड आदि क्षेत्रबाट रक्सी, चाइनिज सामग्री, स्क्र्याप, फेयर एन्ड लभ्ली लगायतका सामान भारततर्फ तस्करी भइरहेको छ भने भारतबाट रजनीगन्धा, कपडा, किराना, दूध पाउडर, माछा, कुखुराका चल्ला जस्ता सामग्री नेपाल भित्रिन्छन् । चीनमा तयार गरिएको नक्कली फेयर एण्ड लभ्ली नेपाल हुँदै भारत तस्करी हुने गरेको छ ।
नेपालफेसलाई प्राप्त भिडियोमा दिउँसोको समयमा नै मोटरसाइकलमा तस्करी भइरहेको देखिन्छ । यसबारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शैलेन्द्र भट्टले ‘जाँचबुझ भइरहेको छ’ मात्र प्रतिक्रिया दिएका छन् ।
प्रहरी प्रधान कार्यालय पनि मौन
स्थानीयहरूका अनुसार, दुबै घुमुवा प्रहरीविरुद्ध प्रहरी प्रधान कार्यालयसम्म उजुरी परेपनि अहिलेसम्म कुनै चासो नदिइएको भन्दै उनीहरूको मनोबल झनै बढेको छ । ‘उजुरी दिए पनि सुनुवाइ हुँदैन, बरु उनीहरू झन् उन्मुक्त हुँदै गएका छन्’ एक स्थानिय व्यापारीले नेपालफेसलाई बताए ।
एसपीको प्रयास, ‘सोर्सफोर्स’को अवरोध
एसपी हेरम्ब शर्मा महोत्तरीमा लामो समयदेखि स्थायी रूपमा रहेका प्रहरीको स्थानान्तरण गर्न चाहन्थे । तर, संगठनभित्रकै ‘सोर्सफोर्स’ र राजनीतिक पहुँचका कारण उनको प्रयास निरन्तर अवरुद्ध हुँदै आएको प्रहरी प्रशासन शाखाका एक कर्मचारीले जनाए ।
सिनियरप्रति अवज्ञा, संगठनप्रति अपमान
चौकी इन्चार्जहरूसँगको संवादमा खुलेको छ कि राजेश यादव र धर्मेन्द्र यादवले ‘हामी हाकिमका मान्छे हौैं’ भन्दै चौकीमा आएर सिनियर प्रहरीप्रति अभद्र व्यवहार गर्ने, जयनेपाल नगर्ने र उल्टै हाकिमको कान भर्ने गतिविधि गर्दै आएका छन् ।
एका सिनियर प्रहरी अधिकृतले भने–‘यी दुबै तस्करको स्कारपियो चढ्छन्, होटलहरूमा बस्छन्, हाईवेमा जुवा खेलाउनेहरूसँग मिल्छन्, तर सम्बन्धित निकाय मौन छ ।’
घुमुवा प्रहरीको आडमा महोत्तरीमा फैलिएको तस्करी, धम्की, असुली र संगठनविरोधी व्यवहारप्रति प्रहरी संगठनकै उच्च तहको मौनता झनै गम्भीर चिन्ताको विषय बनेको छ । सुधारको पहल थालिएको प्रहरी संगठनभित्र फेरि सोर्स र पहुँचको जीत देखिनु प्रहरीप्रतिको जनविश्वास कमजोर बनाउने लक्षण हो ।
यसरी भइरहेको छ तस्करी
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend