काठमाडौं । राजमार्गका लोथर, रातमाटे, भैंसे, बसपार्क लगायतका चितवन र मकवानपुरका आकर्षक चौकीमा विवादित र पटक–पटक निलम्बनमा परेका जुनियर अधिकृतलाई काजमा ल्याएर इन्चार्ज बनाएर अतिरिक्त कमाइमा लागेका बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी कृष्णहरि शर्माले एसपीलाई स्पष्टीकरण सोधेका छन् ।
कमाउधन्दामा साथ नदिएपछि डीआईजी शर्माले मकवानपुरका एसपी विश्वराज खड्कालाई सोमबार स्पष्टीकरण सोधेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका लेखापाल बरिष्ठ सईलाई जोडेर एसपी खड्कालाई स्पष्टीकरण सोधिएको स्रोतले बताएको छ । एसपी खड्काले मंगलबारै प्रदेश प्रहरी कार्यालयमा स्पष्टीकरण बुझाइसकेका छन् ।
डीआईजी शर्माले चितवनको लोथर र मकवानपुरको रातमाटे चेकपोष्टमा ललितपुरबाट सई बृजेशकुमार चौधरी र महोत्तरीबाट बरिष्ठ सई राजेश यादवलाई काजमा ल्याएर इन्चार्जको जिम्मा दिएका थिए । उनीहरु दुवै यसअघि घुसकाण्डमा परी पटक पटक निलम्बनमा परेका थिए । चौधरी र यादवलाई रातमाटे र लोथरमा इन्चार्जमा राखेर मधेश प्रदेशका जिल्लाबाट हुँदैआएको तस्करीको लाइन चलाउने र मकवानपुर र चितवनका पहाडी भेगबाट गाँजा भारततर्फ खुलेआम तस्करी हुँदैआएको थियो । केही समयअघि रातमाटे हुँदै तस्करी भएको गाँजा भारतमा बरामद भएको थियो ।
डीआईजीकै संरक्षणमा तस्करी हुने गरेको समाचार प्रकाशित भएपछि सई चौधरी र यादव रातमाटे र लोथरबाट तानिएका छन् । रातमाटेमा अझै पनि डीआईजीले चितवनबाट काजमा ल्याएका राखेका हवल्दार बिनय चौधरी तैनाथ नै रहेका छन् ।
डीआईजी शर्माले चितवनबाट काजमा मकवानपुर जिल्ला प्रहरी कार्यालयमा ल्याएका असई राजेश साहलाई सुरुमा हेटौंडा बसपार्कमा पठाउन एसपी खड्कामाथि दबाब दिएका थिए । बसपार्क पठाउन नमानेपछि भैंसे वा चौकीटोल पठाउन निर्देशन दिए । तर त्यहाँ पनि नपठाएपछि रुष्ट भएका डीआईजी शर्माले लेखापालको निहुँ बनाएर एसपी खड्कासँग स्पष्टीकरण सोधेको स्रोतको दाबी छ ।
असई साहले यसअघि सुनाचरी चौकीको इन्चार्ज हुँदा कांग्रेसका स्थानीय नेता कमल दोङको मिलमा अफिम राखी फसाउन खोज्दा ठूलो बिरोध भएपछि कारबाहीस्वरुप तानिएका थिए । तिनै असई साहको सल्लाहमा डीआईजी शर्माले मातहतका आकर्षक थानाचौकीमा विवादितहरुलाई पठाउन दबाब दिंदैआएका छन् । डीआईजीले मातहतका थानाचौकीका इन्चार्जलाई आफूलाई मात्र रिपोर्टिङ गर्नका लागि भन्ने गरेको आरोप छ । बसपार्कका यसअघिका असई रामप्रसाद यादवले आफूलाई रिपोर्टिङ नगरेपछि उनले सरुवा गरिदिएका थिए ।
त्यसो त डीआईजीले मधेश प्रदेशबाट तस्करी हुँदैआएका सामान बागमती प्रदेशमा समेत बरामद नगर्नेगरी सेटिङ गरेको खुलेको छ । माघ १८ गते शुक्रबार मकवानपुरको ठिंगनमा प्रहरीेले शंका लागेर कपडा बोकेको गाडी प्रहरीले चेकजाँच गरेको थियो । तर डीआईजी शर्माले एसपी खड्कामार्फत् उक्त गाडी छाड्न दबाब दिएपछि ठिंगनमा प्रहरीले केही समयपछि छाड्यो । तर सशस्त्र प्रहरीले तस्करीको कपडा बोकेको ००९४ नम्बरको उक्त गाडी बरामद गरेको छ । जुन गाडीको बिलबिजक चेकजाँच गर्दा नक्कली देखिएको स्रोतले बताएको छ ।
डीआईजीकै संरक्षणमा तस्करी हुने गरेको उक्त कपडा बोकेको गाडी बरामदपछि पुष्टि भएको छ । प्रहरीले भन्सारछलीको सामान भनेर बरामद गर्न खोज्दा छाड्न दबाब दिइयो । जुन गाडी सशस्त्रले बरामद गर्दा नक्कली बिलबिजकका आधारमा तस्करीको कपडा बोकेको फेलापरेको स्रोत बताउँछ । अहिले पनि डीआईजीका निकट असई साह, हवल्दार बिनय चौधरीकै सेटिङमा रातमाटेबाट तस्करी हुँदैआएको छ । मकवानपुरबाट गाँजा भारततर्फ र मधेशबाट आएका गाडी निर्वाध आउजाउ गरिरहेका छन् ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ। स्वास्थ्य तथा खाद्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend