फोटो साभारः गोरखापत्र
काठमाडौं । प्रहरीको छविमै आँच पुर्याउने गरी तीन प्रहरी निरीक्षकबीच भएको कुटाकुट प्रकरण सामाजिक संजालतिर भाइरल छ । घटना यसैसाताको हो । तर कुटपिटको घटना भने शुक्रबारदेखि भाइरल भएको छ ।
बिराटनगरको एक होटलमा प्रहरी निरीक्षकत्रय राजन लम्साल, सरोज खनाल र सन्तोष खड्का साँझमा खानपिन गर्न गएका थिए । लम्साल जिल्ला ट्राफिक मोरङका इन्चार्ज हुन् । खनाल जिल्लाका घुमुवा कमाण्डर हुन् भने खड्का इलाका प्रहरी कार्यालय रंगेलीका इन्चार्ज हुन् ।
एउटै ब्याचका तीनै इन्स्पेक्टरहरुबीच खानपिनकै क्रममा मदिराको नसा लाग्दै गएपछि बिल तिर्ने क्रममा तीनै जनाबीच विवाद भयो । विवाद बढ्दै जाँदा हानाहानकै अवस्था निम्तियो । होटलका कर्मचारीहरुले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङ र बिराटनगर नगर प्रहरीबाट समेत होटलमा टोली पुग्यो ।
होटलमा हानाहान गरिरहेका तीन इन्स्पेक्टरलाई रोक्न खोज्दा प्रहरीका सिपाही हवल्दारदेखि असई र असईसम्मले कुटाई खाए । मदिरा अत्यधिक भएकाले इन्स्पेक्टर लम्साल त सडकमा बस्त्रबिहीन भएर दौडिएपछि युनिफर्म लाएकाहरु समात्न पुगेको दृश्यसमेत देखिएको थियो ।
मदिराको सुरमा प्रहरीको बर्दीमै कालो धब्बा लगाउने उक्त घटनामा संलग्न कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी भीमबहादुर दाहाल र जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमौरियाले समेत एक्सन लिन सकेनन् ।
होटलमा मदिरा पिएर कुटपिट गर्नेहरुलाई मेडिकल चेकअप गराउने प्रहरीले आफ्नै अधिकृतहरुलाई त्यसो गर्न आवश्यक ठानेन । घटना गुपचुप बनाउन खोजे पनि डिजिटल संसारमा तीन इन्स्पेक्टरको आपसी कुटाकुटको भिडियो सामाजिक संजालमा छरपष्ट भइसकेको छ ।
घटना घटेको ३–४ दिनपछि बैशाख १९ गते शुक्रबार साँझमात्र कुटपिटको भिडियो भाइरल भएपछि आईजीपी दीपक थापाले कारबाही गर्न निर्देशन दिएका छन् । तर मेडिकल चेकअप नै नभएकाले कानुनी रुपमा कुटपिटमा संलग्न तीनै इन्स्पेक्टर जोगिने भएका छन् । यदि घटना भएकै दिन उनीहरुको मेडिकल चेकअप भएको भए जागिरबाटै हात धुनुपर्ने थियो । आईजीपी थापाको निर्देशन अनुसार उनीहरुले नसिहत मात्र पाउनेछन् ।
प्रदेश र जिल्लाको कमजोरीले गर्दा बरिष्ठ प्रहरी अधिकृतले संगठनको छविमा आँच आउने घटनामा संलग्नहरुलाई सामान्य कारबाहीमात्र हुने भएको छ । घुमुवा कमाण्डर सरोज खनालले जिल्लाभरबाट संकलन गरी बुझाउने भएकाले एसपी चिमौरियाले मेडिकल चेकअप नै नगरी जोगाउने काम गरेको आरोप छ ।
त्यसो त इन्स्पेक्टर सन्तोष खड्का पनि यसअघिका प्रधानमन्त्री प्ुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाई जीवन आचार्यमार्फत् भनसुन गराई इलाका प्रहरी कार्यालय रंगेलीको इन्चार्जमा सरुवा भएका पावरफुल अधिकृत हुन् । रंगेली मोरङकै आकर्षक मानिन्छ । जहाँबाट सबैभन्दा बढी चिनी तस्करी हुने गर्दछ भने अन्य सामान पनि उत्तिकै भित्रने गरेको छ ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ। स्वास्थ्य तथा खाद्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend