काठमाडौं । देशको पश्चिम क्षेत्रमा एउटा संगठित समूहले नक्कली नोट छाप्ने, नोट बजारमा पठाउने र लागुऔषध अफिमको कारोबारसमेत गरिरहेको पत्ता लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई दिनको अवधिमा यो समूहका पाँच जना सदस्यलाई पक्राउ गरेको छ। उनीहरूमध्ये एक जना मिडिया हाउस सञ्चालकसमेत रहेका छन् ।
पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, कुशे घर भई सुर्खेत भेरीगंगा-१२ बस्दै आएका ३५ वर्षीय रामबहादुर वली, सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर विक छन् ।
यसक्रममा प्रहरीले कालीकोट नरहरीनाथ गाउँपालिका-४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका-११ बस्दै आएका ३४ वर्षीय मनबहादुर सहकारीलाई पक्राउ गरेको छ। सहकारी बाँकेमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गरेर बस्दै आएको पत्ता लागेको छ ।
सुर्खेत प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली नोट र अफिम कारोबार गरिरहेका पाँचै जनालाई पक्राउपछि सार्वजनिक गरेको छ ।

प्रहरी कारबाहीमा पक्राउ परेकाबाट १२ लाख ९३ हजार रुपैयाँ नक्कली नोट र ३० किलो ६७२ ग्राम अफिम बरामद भएको छ ।
सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार सुरूमा असार ३० गते बिहान १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित शान्तिटोलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले दिलमायालाई पक्राउ गरेको थियो ।
उनको साथबाट एक हजार दरका ६ थान नक्कली नोट बरामद गयो। प्रारम्भिक अनुसन्धानमा उनी नक्कली नोटको कारोबारमा संलग्न रहेको खुलेको थियो ।
त्यही दिन प्रहरीले साँझ ६ बजे दिलमायाकै डेराबाट जाजरकोटकै ३३ वर्षीय रामबहादुरलाई पक्राउ गर्यो। डेराबाट एक हजार दरका १ हजार २३६ थान नक्कली नोट कुल १२ लाख ३६ हजार रुपैयाँ बरामद गरिएको शाहीले बताए ।
त्यसै दिन राति १० बजे प्रहरीले गिरोहमा संलग्न थप दुई व्यक्ति ३५ वर्षीय कृष्णबहादुर र ३८ वर्षीय प्रेमबहादुरलाई प्रहरीले पक्राउ गर्यो। उनीहरू हाल सुर्खेतको भेरीगंगा नगरपालिका-१२ ठकुरी टोलमा डेरा गरी बस्दै आएका थिए ।
उनीहरूको कोठा खानतलासी गर्दा कालो झोलाभित्र राखिएको ११ किलो ३७२ ग्राम अफिम बरामद बरामद भएको थियो ।
यसपछि प्रहरीले असार ३१ गते (मंगलबार) बिहान बाँकेको मिडिया हाउसबाट नक्कली नोट र १९ किलो अफिम बरामद गरेको छ ।
शाहीका अनुसार सोही गिरोहबारे अनुसन्धान तथा कारबाहीको सिलसिलामा बिहान ८:३० बजे प्रहरी टोली बाँकेको कोहलपुर पुगेको थियो। त्यहाँ जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका ३४ वर्षीय मनबहादुर पक्राउ परे। उनको मिडिया हाउसबाट एक हजार दरका ५१ थान नक्कली नोट बरामद भएको थियो। यसैगरी, १५ वटा प्लास्टिकका पोकामा प्याक गरिएको १९ किलो ३०० ग्राम अफिम बरामद भएको थियो ।
सहकारीको कार्यालयबाट प्रिन्टर, कम्प्युटर सेट, मेमोरी कार्ड, चिप्स, क्यामेरा र नक्कली नोट बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरिएको छ ।
‘यस गिरोहको कार्यशैली हेर्दा यो केवल व्यक्तिगत लाभको लागि गरिने काम नभई योजनाबद्ध संगठित आपराधिक गतिविधिको हिस्सा भएको देखिन्छ,’ शाहीले भने, ‘यो गिरोह अझ विस्तारित हुन सक्ने सम्भावनालाई लिएर अनुसन्धान जारी छ ।’
बरामद अफिम कर्णाली प्रदेशकै रुकुम, रोल्पालगायत जिल्लाबाट भारत तस्करीका लागि ल्याइएको हुनसक्ने अनुमान गरिएको छ। ती जिल्लामा अफिम खेती हुने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
नक्कली नोट सहकारी आफैंले प्रेसमा छाप्ने गरेको प्रारम्भिक बयान दिएका छन्। ‘उनले कहाँको कुन प्रेसमा छाप्ने गरेको हो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ शाहीले भने ।
पक्राउ परेकालाई नक्कली मुद्रासम्बन्धी कसुर तथा लागुऔषध नियन्त्रण ऐनअनुसार हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend