काठमाडौं । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृृद्धि भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ ।
विमानमा सवार २४१ यात्रु र चालक दलका सदस्यको पनि मृत्यु भएको छ । दुर्घटनापछि विमान नजिकैको मेडिकल कलेजको होस्टेलमा खसेको थियो, जसमा थप २४ जनाको मृत्यु भएको छ ।
घटनाबारे थप जानकारी दिँदै स्थानिय अधिकारीले भने, ‘सिभिल अस्पतालमा आएका सबै शव नराम्ररी जलेका छन्, पहिचान गर्न निकै गाह्रो छ, मानिसको शवलाई विभिन्न टुक्रामा बाँडिएको छ । कोही जलेका छन् त कोही काटिएका छन् । यी शव थपिएपछि संख्या २६५ पुगेको छ ।”
उनले थपे, ‘विमानमा २४४ यात्रु र चालक दलका सदस्य थिए, जसमध्ये एक जना यात्रु जिवित छन्, २४१ यात्रुमध्ये सायद कोही बाँचेका होलान् । दुर्घटना हुँदा विमानस्थल नजिकै रहेको मेडिकल कलेजको होस्टेलमा खाजा खाने समय थियो र अधिकांश यात्रुहरु मेसमा थिए ।
त्यही क्रममा यो विमान होस्टेलको संरचनामा खसेको थियो, जसका कारण धेरै चिकित्सकको पनि भग्नावशेषमा दबिएर मृत्यु भएको थियो । सो इलाका डीसीपीले २६५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । तर, यसको आधिकारिक घोषणा भने भइसकेको छैन।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend