एजेन्सी । भारतको गुजरातस्थित अहमदावादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार दिउँसो दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मुत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित २ सय ४२ जना सवार थिए ।
‘विमान दुर्घटनामा कोही पनि जीवित नरहेको देखिन्छ ।’ आयुक्त जीएस मलिकले एपीलाई भनेका छन् । कार्यालयहरूसमेत रहेको आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले केही स्थानीहरुले पनि ज्यान गुमाएको हुनसक्ने उनले बताए ।
विमान टेकअफ भएको केही मिनेटमै अहमदाबादस्थित मेडिकल कलेजको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको द हिन्दूले जनाएको छ ।
दुर्घटनामा धेरैको मृत्यु भएको आशंका गरिएको । अहमदाबाद प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म २०४ जनाको शव भेटिएको छ भने ४१ जना घाइतेलाई अस्पताल लगिएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend