सर्लाही । चीनबाट ल्याएर भारत तस्करी गर्न तयारी अवस्थामा राखिएको स्याउ बरामद गर्न गएका सशस्त्र प्रहरीमाथि स्थानीयको भीडले ढुंगामुढा र पेट्रोल बम प्रहार गरेका छन् ।
सोमबार राति करिब ९ बजे, सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी कृष्ण ढकालको नेतृत्वमा भन्सार अधिकृत र नेपाल प्रहरीको टोलीले बलरा–५ भगवानपुरस्थित मनोज मोहनकुमार सिंहको फर्निचर उद्योगमा छापा मारेको थियो ।
गोप्य सूचनाका आधारमा गएको टोलीमाथि १ सयभन्दा बढी स्थानीयको भीडले अचानक आक्रमण गर्दा सुरक्षाकर्मीले हवाई फायर गर्दै स्थिति नियन्त्रणमा लिन खोजेका थिए । तर भीडको आडमा तस्करहरू स्याउ लोड गरिएका ६ वटा गाडी भारतीय सीमा पार गराउन सफल भए ।
सुरक्षाकर्मीले करिब ५ लाख रुपैयाँ बराबरको स्याउसहितको एउटा गाडीमात्रै नियन्त्रणमा लिनसकेको छ । घटनापछि १५ लाख रुपैयाँको सवारीसाधन र साढे ४ लाख बराबरको स्याउ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीको दाबी छ ।
डीआईजी ढकालका अनुसार चीनबाट ल्याइएका ती स्याउ भारत तस्करी गर्न लागिएको पुष्टी भएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले बताएको छ ।
मुख्यालयका घुमुवा नै तस्करका मतियार
सशस्त्र प्रहरीको मूख्यालयका डीएसपी सुदिप रेग्मीले मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषामा घुमुवा खटाउने गरेका छन् । सशस्त्र प्रहरी बलको महानिरीक्षक भएपछि राजु अर्यालले तानेका विवादित र आर्थिक मामिलामा मुछिएकाहरुलाई नै रेग्मीले घुमुवाका रुपमा खटाएका छन् । सशस्त्र मुख्यालयबाट रेग्मीले खटाएका घुमुवाका कारण तराईका नाका नाकाबाट तस्करी बढेको प्रष्ट छ ।

सोमबार राति ९ बजे सर्लाहीको मधुवनी बीओपीमा तस्करीका लागि राखिएको स्याउ बरामद गर्न सशस्त्रको टोली जानुअघि नै तस्करलाई सूचना दिने काम समेत घुमुवाले गरेको स्रोतको दाबी छ । सशस्त्रको ठूलो टोली भन्सारका कर्मचारी र नेपाल प्रहरीको समेत मद्दत लिएर स्याउ गोदाममा छापा मार्न आउने सूचना पाएपछि तस्करले स्थानीय भेला गरी पेट्रोल बम नै प्रहार गरेर ६ गाडी स्याउ भारततर्फ भगाउन सफल भएका थिए ।
सशस्त्र मुख्यालयका डीएसपी रेग्मीले सर्लाहीमा सहायक हवल्दार रोशन मिश्र र राजीव यादवलाई घुमुवाका रुपमा खटाएका छन् भने बारामा सन्तोष यादवलाई पठाएका छन् । उनीहरुले तस्करसँग आईजीपी सचिवालयकै डीएसपीले खटाएको भन्दै दररेट माग्ने गरेका छन् ।
बीओपी, गण र बाहिनीपति समेत मुख्यालयबाटै घुमुवा खटाएपछि तस्करीको सामान बरामद गर्न हच्किने गरेका छन् । सोमबार राति छिन्नमस्ता गणकै डीआईजी कृष्ण ढकालले तस्करीको स्याउ गोदाममा छापा हान्न लागेको सूचना तस्करलाई पहिल्यै दिने काम मुख्यालयबाटै पठाएका घुमुवाहरुले गरेको आरोप छ । सशस्त्र प्रहरीका छिन्नमस्ता बाहिनीका डीआईजी कृष्ण ढकालले मधुवनी बीओपीका इन्चार्ज लगायतका सशस्त्र प्रहरीमाथि स्याउ तस्करीको सम्बन्धमा छानबिन गरिरहेको बताए । मधुवनी बीओपीका इन्चार्ज इन्चार्ज लोकेन्द्रबहादुर चन्द छन् ।
सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मातहतको उजुरी छानबिन र अनुगमन शाखामा ३ बर्षदेखि नै डीएसपी सुदीप रेग्मीलाई राखिएको छ । सशस्त्रका अधिकृतको एक बर्षमा सरुवा हुने गर्दछ । तर रेग्मीलाई ३ बर्षदेखि सो शाखामा राखिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्। आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार प्रतिनिधि...
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend