Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीबिरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ८ लाग बिगो मागदाबी


    सोमबार, जेष्ठ १९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीबिरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोडारीबिरुद्ध आयोगले सोमबार मुद्दा दर्ता गरेको हो ।

    सोडारीले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीमा अनुसन्धान गरी मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

    सोडारीले सार्वजनिक पदधारण गरेको २०७४ माघ ७ देखि ०७९ फागुन १० सम्मको जाँच अवधिमा उनीसमेतको बैधानिक आय ८५ लाख ५१ हजार ३ सय ३४ रूपैयाँ ९२ पैसा वैधानिक आय आर्जन गरेको देखिएको आयोगको अनुसन्धानमा देखिएको छ । तर सोही जाँच अवधिमा व्ययतर्फ जग्गा खरिददेखि बिभिन्न शीर्षकमा १ करोड ९३ लाख ८९ हजार ६ स ३७ रुपैयाँ ४९ पैसा बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको छ ।

    १ करोड ८ लाख ३८ हजार ३ सय २ रूपैयाँ ५७ पैसाको स्रोत नखुलेकाले उक्त रकम बराबरको बिगो मागदाबी गर्दै आयोगले सोडारीका बिरुद्ध मुद्दा दर्ता गरेको छ ।
    सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीका बिरुद्ध पनि आयोगले मुद्दा दर्ता गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार