Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी


    बिहिबार, बैशाख ६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन ।

    बिहीबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ ।

    सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार