काठमाडौं । संघीय संसदका अर्थसहित पाँच समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरिनेछ ।
उता, बिहान ११ः०० बजेवाट सुरू हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुनेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ ।
साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ, जुन बैठक बिहान १०ः३० बजेबाट सुरू हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ, सो बैठक भने दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend