Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • विपक्षी दलनिकट युवा–विद्यार्थी संगठनद्वारा गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन


    मंगलबार, जेष्ठ १३ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी दलका सांसदहरुले मंगलबार संसदमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध गरेका छन् । ती दलनिकट विद्यार्थी र युवा संगठनले पनि मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

    युवा विद्यार्थी संगठनले संयुक्त रूपमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै गृहमन्त्री रमेश लेखकको मात्र होइन, प्रधानमन्त्री केपी ओलीको समेत राजीनामा मागेका छन् ।

    अखिल क्रान्तिकारी, अखिल (समाजवादी), अखिल क्रान्तिकारी, अनेरास्ववियु, युवासंघ नेपाल, वाइसियल, युवासंगठन नेपालले सरकार विरोधि नारा लगाउंदै उनीहरूले मानव तस्करहरूसँग मिलेर भिजिट भिसामा नेपाली युवा विदेश पठाउन सक्रिय संगठित गिरोहलाई लाभ हुने गरी निर्णयहरू गरेको भन्दै विरोध गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार