Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • शिखर म्यानपावरको ठगीधन्दाबिरुद्ध उजुरी, बैदेशिक रोजगार बिभागद्वारा छानबिन सुरु


    मंगलबार, जेष्ठ १३ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । कतार प्रहरीमा पठाउने भन्दै लाजिम्पाटमा रहेको शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रालिले प्रतिब्यक्ति २५ लाखदेखि ३० लाख रुपैयाँसम्म नेपाली युवाहरुबाट लिएकोबारेमा बैदेशिक रोजगार बिभागले छानबिन सुरु गरेको छ ।

    शिखर म्यानपावरले कतार प्रहरीमा कामदार पठाउने क्रममा ठूलो रकम लिएर ठगी गरेकोबारेमा परेको उजुरीमा छानबिन सुरु भएको बैदेशिक रोजगार बिभागका महनिर्देशक कमल भट्टराईले बताउनुभएको छ । छानबिन सुरु भएको छ, कतार प्रहरीमा के कसरी पठाएको हो, अनुसन्धान हुन्छ । कैफियत देखिए कारबाहीसमेत हुन्छ ।’

    नेपालफेस डटकमले जेठ ८ गते शिखर म्यानपावरले नेपाल सरकार बैदेशिक रोजगार बिभागबाट अनुमति नलिई सूचना समेत प्रकाशित नगरी १ सय ८० जनासँग २५ देखि ३० लाख रुपैयाँ लिई कतार प्ुर्याइसकेकोबारेमा समाचार प्रकाशित गरेको थियो ।

    शिखर म्यानपावरले पहिलो लटमा १ सय ८० युवाहरुसँग प्रतिब्यक्ति २५ देखि ३० लाख रुपैयाँ असुली गरी पठाइसकेको छ । दोस्रो लटमा २० जनासँग रकम लिइसकेको र पठाउने तयारीमा छ ।
    गोप्यरुपमा एजेन्ट परिचालन गरी कामदार खोजी गरी २५ देखि ३० लाख लिएर कतार प्रहरीमा पठाउने गरिएको छ । सरकारी निकायलाई आँखा छल्न रकम नगदै लिने र रसिद वा प्रमाण केही पनि कामदारलाई नदिई शिखर म्यानपावरले कतार प्रहरीमा पठाउने गरेको छ ।

    सरकारी नियम अनुसार १० हजार मात्र प्रतिकामदार लिन पाउँछ, तर ३० लाख रुपैयाँसम्म असुली गरेको शिखर म्यानपावरले ठगी त गरेकै छ, अर्कोतिर सम्पत्ति शुद्धीकरण पनि गरेको छ । शिखर म्यानपावरले २ सय जना कामदार कतार पठाउँदा २५ लाखकै दरले लिंदा पनि ५० करोड अर्थात् आधा अर्ब नै लिएको देखिन्छ ।

    एकातिर कतार प्रहरीमा पठाउन राज्यका निकायबाट अनुमति नलिएको, अर्कोतिर १० हजार लिएर पठाउनुपर्नेमा ३० लाखसम्म लिएको र करछलीदेखि सम्पत्ति शुद्धीकरण गरेकाले शिखर म्यानपावरमाथि यी सबै कसुरमा संजाय गर्नुपर्ने बैदेशिक रोजगार ब्यवसायी संघकै एक नेता बताउँछन् ।

    शिखर इन्टरनेशनल म्यानपावरका संचालक अनुराज प्रधान भारतीय नक्कली नोटदेखि गाडी चोरीको धन्दामा पक्राउ परिसकेका विवादित ब्यक्ति हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार