Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • डीआईजी बढुवामा विवाद : रेग्मीविरुद्ध गृहमा युवराज सफलको उजुरी


    बुधबार, जेष्ठ ७ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा हिजाे साँझ भएको डिआइजी पदको बढुवालाई लिएर विवाद मच्चिएको छ ।

    बढुवा समितिद्वारा सिफारिस गरिएको ११ जनाको सूचीप्रति गम्भीर आपत्ति जनाउँदै युवराज सफलले सूचीमा परेका एसएसपी दिपक रेग्मीको बढुवा निर्णय खारेज गर्न माग गरेका छन् ।

    उनले रेग्मीको बढुवा निर्णय खारेजीको माग गर्दै आज बुधबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

    सफलले डीआईजी बढुवाको सूची नं. ४ मा परेका रेग्मीले आफ्नो कार्यकालमा अनैतिक र अमर्यादित गतिविधि गरेको आरोप लगाएका छन् ।

    उजुरीमा उल्लेख गरिएको दाबी अनुसार, बागलुङ प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा रेग्मीले अर्काको श्रीमतीसंग अनैतिक सम्बन्ध राखी, ती महिलाको मिलेमतोमा निर्दोष व्यक्तिमाथि झुटो वैवाहिक बलात्कारको मुद्दा लगाएको आरोप छ ।

    ‘त्यस्ता चरित्रहीन, अनुशासनहीन र नैतिकताविहीन व्यक्तिलाई डिआइजी पदमा बढुवा गर्नु भनेको विधिको शासनमाथिको अपमान हो,’ सफलले भनेका छन् ।

    उनका अनुसार पीडित भनिएका दीपक थापा र उनकी आमालाई समेत झुटा आर्थिक कागज पत्रमा फसाउने प्रयास गरिएको थियो ।

    सफलले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत सम्बन्धित निकायहरूमा यसअघि नै उजुरी दिइसकेको र हाल छानबिनको प्रक्रिया जारी रहेको दाबी गरेका छन् ।

    ‘छानबिन नसकिँदै विवादित व्यक्तिलाई डिआइजी सिफारिस गर्नु नाजायज छ,’ उनी भन्छन् ।

    सफलले यदि रेग्मीको बढुवा निर्णय खारेज नगरिए कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार