काडमाडौं । अभिब्यक्ति स्वतन्त्रताको नाममा पछिल्ला दिनमा स्वघोषित अभियन्ता दाबी गर्दै प्रहरी र न्यायाधीश नै आफैं बनेर ब्यक्तिको निजी मामिलामा समेत हस्तक्षेप गर्दैआएकाहरु धमाधम पक्राउ पर्न थालेका छन् । श्रीमान श्रीमतीको विवादमा कानुनी प्रक्रियामा जानै बाधा अड्चन पैदा गर्दै, लाखौं पैसा बार्गेनिङ गर्ने शर्मिला वाइबा थुनामा छिन् ।
वाइवाले कलाकार पवन खतिवडामाथि कुटपिट गरेको आरोप छ । वाइवा पक्राउपछि भाइरल हुनका लागि युट्युबमा मनपरी बोल्ने पुण्य गौतम र युवराज सफललाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
उनीहरु आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरबाट पक्राउ परेका हुन् ।
गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए ।झुन्डिएर पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएको थियो ।
पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ । पोष्टमार्टम रिपोर्ट नआउँदै सालिनको बलात्कारपछि हत्या भएको दाबी उनका पिताले गरिरहेका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend