Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • मापदण्डबिपरीत राखिएका १५२ डिजिटल बोर्ड तीन बर्षसम्म हटाइएन, राजु पाण्डेमार्फत् करोडौंको सेटिङ


    बिहिबार, चैत्र २८ २०८१
    24K
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौं ।  तीन बर्षअघि मेयरमा काठमाडौं महानगरबासीले मेयरमा मत दिएर निर्वाचित गरेका बालेन्द्र साह (बालेन)को लोकप्रियताको ग्राफ आफ्नै सल्लाहकार, पीए र महानगर प्रहरीका एसपी राजुनाथ पाण्डेसहितका केही कर्मचारीका कारण एकपछि अर्को ओरालो लाग्दै गएको छ ।

    सल्लाहकार, पीए र केही अवसरवादी कर्मचारीहरुको सेटिङमा काम गर्न नमान्ने प्रमुख प्रशासकीय अधिकृतलाई ‘भ्रष्टाचारी’ को संज्ञा दिंदै महानगर प्रहरीको दुरुपयोग गरी कार्यकक्षमा तालाबन्दी गर्ने कार्यले बालेनबिरुद्ध कर्मचारी एकजुट भएका छन् । कर्मचारीहरुले बिहीबार पनि मेयर बालेनका सल्लाहकार, पीए भूपदेव शाह र महानगर प्रहरीका राजुनाथ पाण्डेका एकपछि अर्काे अनियमितताका फेहरिस्त नै निकालेका छन् । मेयर साहका पीए भूपदेव र महानगर प्रहरीका एसपी  पाण्डे(अबैधानिक एसएसपी)लाई त निलम्बन गर्न माग गरेका छन् ।

    मापदण्डबिपरीत १ सय ५२ वटा डिजिटल बोर्ड, करोडौंको सेटिङमा पाण्डे

    तीन बर्षअघि नै मापदण्डबिपरीत डिजिटल होर्डिङ बोर्ड राख्न नदिने, राखेका बोर्डहरु हटाउने भन्ने निर्णय काठमाडौं महानगरपालिकाले गरेको थियो । तर महानगरभित्र मापदण्डबिपरीत संचालन गरिएका १ सय ५२ वटा डिजिटल बोर्ड तीन बर्षदेखि हटाइएको छैन । ती बोर्ड यथावत छन् । विगत ३ बर्षदेखि विज्ञापन कर नतिरेका डिजिटल होर्डिङ बोर्डहरु नभत्काई मेयर बालेन र उनकै निकट राजुनाथ पाण्डेको अगुवाईमा कमिसन उठाउने गरेको आरोप छ ।

    फुटपाथमा सानोतिनो ब्यापार गर्नेदेखि मकै पोलेर जीवीकोपार्जन गर्नेलाई अमानवीय ढंगले हटाएको महानगर प्रहरीले तीन बर्षदेखि मापदण्डबिपरीत राखिएका डिजिटल बोर्ड हटाएको छैन । मापदण्ड पूरा गरेका डिजिटल बोर्डको राजस्व प्रतिस्क्वायर फिट १ हजार तोकिएको छ । काठमाडौं महानगरका चोक चोकमा राखिएका डिजिटल बोर्डको संख्या १ सय ५२ वटा छ । १ सय ५२ वटा डिजिटिल बोर्डमध्ये ९ वटा बोर्डले मात्र आंशिक कर तिरेर संचालन गरेकोे महानगर स्रोत बताउँछ ।

    तीन बर्षदेखि मापदण्डबिपरीत राखिएका ती डिजिटल बोर्डबाट करोडौं राजस्व चुहावट भइरहेको छ । महानगरले तोकेको मापदण्डअनुसार संचालन नभएका डिजिटल बोर्डबाट राजस्व लिन मिल्दैन । ती बोर्ड महानगरले भत्काउने निर्णय भए पनि तीन बर्ष बितिसक्दा पनि भत्काएको पनि छैन । मापदण्डबिपरीत राखिएका ती बोर्ड महानगरले भत्काउने भने पनि महानगर प्रहरीले नभत्काई करोडौं कमिसन लिने गरेको आरोप मेयर बालेनका बडीगार्डको रुपमा प्रस्तुत भएका राजुनाथ पाण्डेमाथि लाग्दैआएको छ ।

    साहको लागि १ बर्ष भोकै बस्न तयार रहेको भन्दै चर्को स्वरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई हाजिर हुन नदिन महानगर प्रहरीको दुरुपयोग गर्ने राजुनाथ पाण्डेको नेतृत्वमा मापदण्डबिपरीतका बोर्ड नहटाई उठाएको सेटिङको भागबण्डा राजस्वका दीपक अधिकारी, कानुनका बसन्त आचार्य, मेयर बालेनका सल्लाहकार जगतमान श्रेष्ठ, पीए भूपदेव साहकोमा पुग्ने गरेको स्रोत बताउँछ । प्रतिस्वायर फिट ५ सय रुपैयाँका दरले घुसको सेटिङ भएकाले ती बोर्ड मापदण्डबिपरीत पनि राख्दा पनि भत्काउनेतर्फ चासो नै नदिइएको महानगरकै जनप्रतिनिधिलाई समेत जानकारी छ । बालेनको आडमा राजु पाण्डेले उनका पीए भूपदेवसहितको समूहलाई सेटिङ गरी करोडौं मासिक असुल्न छुट पाएकै कारण एक बर्ष तलव नदिए पनि मेयरको आदेश मान्छौं भन्दै अनुशासनहीनता प्रदर्शन गरेका थिए ।

    मापदण्डबिपरीत डिजिटल बोर्ड राख्न छुट दिएर सेटिङ गर्ने महानगर प्रहरीका कामु एसएसपी राजु पाण्डेको यो समूहका सबैमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग कर्मचारीबृत्तबाट उठेको छ ।
    संघीय सरकारका बिरुद्ध कोठामा बसेर स्टाटस लेख्ने र सुशासनको पक्षपाती दाबी गर्दैआएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले मापदण्डबिपरीत डिजिटल बोर्ड किन राख्न छुट दिइरहेका छन् ? सामाजिक संजालमा अरुलाई सुशासनको पाठ पढाउने तर आफ्नै महानगरमा मापदण्डबिपरीत डिजिटल बोर्ड राख्न दिने, २ अर्बको गुणस्तरहीन रंगीन ब्लक खरिदमा २५ करोडको कमिसनको कुरादेखि राजु पाण्डेलाई खुसी पार्नेको अवैध संरचना पनि नउठाएका एकपछि अर्का अनियमितताका बिषयको जवाफ दिनुपर्दैन ? महानगर स्रोत भन्छ, डिजिटल बोर्डको प्रतिस्क्वायर फिटमा ५ सयका दरले कमिसनको सेटिङ भएको छ ।

    सानो गौरचणको खेलमैदानको ठेक्का पनि बालेनका पीए भूपदेवको सेटिङमा दिइएको आरोप छ । नगर प्रहरीका लागि खरिद हुने प्रत्येक सामानमा राजु पाण्डेले कमिसन खाने गरेका छन् । उनले कमिसन नमिलाएसम्म भूपदेवले खरिद नगर्न खरिद शाखालाई निर्देशन दिने गरेका छन् । जुन कमिसन भूपदेवकोमा पाण्डेले पुर्याउने भएकाले पनि प्रहरीका सामग्री खरिदमा उनको हालीमुहाली छ ।

    बालेन साहको सल्लाहकार टीममा पूर्वाधार बिकास र वातावरण हेर्ने सुनिल लम्साल, सुमननरसिंह राजभण्डारी, प्रहरीका राजु पाण्डे, कुमार बेन, सन्तोष पाण्डे, भूपदेव साह तथा कर्मचारीहरु दीपक अधिकारी, बसन्त आचार्य, शिवराज अधिकारीको समूहले मेयरलाई खोपाको देवता बनाएर महानगरमा गरेको अनियमितताको शृंखला नै उल्लेख गरी अख्तियारमा उजुरी परेको छ ।

    यो टीमले ललितपुर महानगरमा अनियमिततामा विवादित र जिम्मेवारीबिहीन हरिश्चन्द्र लामिछानेलाई सहरी विकास बिभाग र रामरतन साहलाई खरिद एकाई प्रमुख बनाएर सेटिङमा काम गर्दैआएको छ ।

    एसएसपीको पद कानुनबिपरीत, ३ बर्षसम्म कामु दिन नमिल्ने ?

    महानगर प्रहरी प्रमुख प्रशासकीय अधिकृतप्रति उत्तरदायी हुनुपर्छ । तर मेयर बालेन साहको बडीगार्डका रुपमा चिनिएका राजुनाथ पाण्डेले उनको आडमा महानगरमा जताततै सेटिङ गरी करोडौं असुल्ने गरेको आरोप छ । मेयर साहका पीए भूपदेव साहलाई खुसी पारेकै कारण राजु पाण्डेलाई एसएसपीको दर्जा दिइयो । जबकि एसएसपी पदको स्थायी दरबन्दी नै महानगरमा छैन ।

    बागमती प्रदेश लोकसेवा आयोगले नै ओएन्डएम गरी दरबन्दी सृजना गरेर प्रतिस्पर्धाका आधारमा विज्ञापनमार्फत् बढुवा सिफारिस गर्नुपर्छ । तर मेयरका पीए भूपदेवले उनलाई एसएसपी घोषणा गरेकै भरमा उनी आफूलाई एसएसपीको रुपमा प्रस्तुत गर्दैआएका छन् । महानगरमा राजु पाण्डेलाई भूपदेव साहले फुली थपेका एसएसपीको संज्ञा दिने गरिएको छ ।

    राजु पाण्डे महानगर प्रहरीमा प्रवेशदेखि नै बदनाम पात्र हुन् । फुटपाथ र मोटरसाइकल पार्किङबाट असुलीमा उनी सुरुमै विवादमा परेका हुन् । महानगरले पार्किङ निःशुल्क गर्दा अवरोध गरेबापत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले पाण्डेलाई ११ महिना निलम्बन थिए ।

    लक्ष्मण अर्याल सरुवा भएर धनबहादुर श्रेष्ठ आएपछि राजु पाण्डेले इश्वरी वाग्ले नामका निरीक्षकमार्फत् भोजभतेर खुवाएर निलम्बन फुकुवा गरेको महानगरका कर्मचारी जानकार छन् । ३ बर्षसम्म ड्य्ुटी नगरेबापत पाण्डे बर्खास्तमै पर्नुपर्ने थियो । बालेनको आडमा सेटिङमा कुस्त कमाउधन्दा संचालन गर्न पाएका पाण्डेले अनुशासनका कुरा गरेको सुन्नेहरु उनले ३ बर्षसम्म एक दिन पनि ड्युटी नगरेको कुरा सम्झने गर्दछन् । ०५६–०५७ ताका सई हुँदा उनले फुटपाथमा घडी ब्यापार गर्नेलाई समातेर १० हजार घुस लिएर गाडीबाटै फिर्ता गरिदिएको झलझली प्रहरीले देखेका थिए । बिष्णुसिंह बस्नेत डीएसपी भएको समयमा उनले फुुटपाथमा ब्यापार गर्नेहरुसँग गरेको अचाक्ली र असुलीका बारेमा धेरै गुनासा पुग्ने गरेका थिए ।

    मापदण्डबिपरीत होर्डिङ बोर्ड राख्ने कही कम्पनी र राखिएका स्थानहरु

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार