Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाराका घुमुवा पर्सामा असुल्दै, नयाँ आईजीपीले के गर्लान् ?


    शनिबार, चैत्र ९ २०८१
    2.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • पथलैया । नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । नेपाल प्रहरीको टोली पनि परिचालित छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित हुँदा पनि भन्सारछलीका सामान ओसारपसारमा कमी आएको छैन । भन्सारछलीका सामान ओसारपसार नरोकिंदा भारतीय माछा निर्वाध भित्रने गरेको छ । कुखुरा पनि उत्तिकै भित्रिरहेको छ ।

    भारतबाट खसीबोका भित्रंदा नेपालका बाख्रापालक किसान मारमा परेका छन् । माछामा आत्मनिर्भर बन्दै गरेको नेपाल भारतको आन्ध्र प्रदेशबाट निर्वाध आउने माछासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको छ । लास सड्न नदिने फर्मालिन हालिएको बिषाक्त माछा पर्सा र बाराका नाका नाकाबाट देशका हरेक सहरमा पुग्ने गरेको छ । तर भन्सारछली रोक्न तैनाथ सशस्त्र र नेपाल प्रहरीले रोक्न सकेको छैन । भारतमा कृषि क्षेत्रमा सरकारले ब्यापक अनुदान दिने भएकाले नेपाली किसानले उत्पादन गरेका माछा, दूधलगायतले प्रतिस्पर्धा गर्न सक्दैनन् । नेपालको माछादेखि खसीबोका तस्करी रोक्न खटिएका नेपाल प्रहरी र सशस्त्रका अधिकारीहरु तिनै तस्करहरुसँग सेटिङ मिलाउन तल्लीन छन् । प्रसंग हो जिल्ला प्रहरी कार्यालय बाराको ।

    जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले सरुवा भएको २ महिनामै विवादित असई मनोज यादवको नेतृत्वमा सादा पोशाकमा घुमुवा टोली खटाएका छन् । असई यादवको टोलीमा हवल्दार उमेश यादव, जवानद्वय चन्दन यादव र फिरोज आलम छन् । मनोज यादव सर्लाहीका बिभिन्न नाका हुँदै पथलैया लगायतका पोष्टमा इन्चार्ज भइसकेका थिए । उनी जागिरका दौरान ३ पटक निलम्बनमा परिसकेका छन् । उमेश यादव लामो समय पर्सा जिल्ला प्रहरी कार्यालयको घुमुवा थिए । फिरोज आलम र चन्दन पनि पर्सामा घुमुवा बर्षौं बसेका थिए ।

    ६ महिनाअघि मिडियामा समाचार आएपछि पर्साबाट लखेटिएका उमेश यादवलाई मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले काजमा बारामा खटाएका थिए । मनोज यादव वीरेन्द्रबाबु श्रेष्ठदेखि अरु केही एसपी हुँदा पर्सामा घुमुवा बसेका थिए । मनोज र उमेश दुबैलाई पर्साका नाका नाकाबाट भन्सारछली गर्नेहरुको बारेमा सबै जानकारी छ । उनीहरुले टान्सपोर्ट कम्पनी सबै चिनेका छन् ।

    बारामा कार्यरत भए पनि मनोज र उमेश दिनभर बीरगंजका आदर्शनगरका ट्रान्सपोर्टहरुमा जाने गरेका छन् । बोर्डरबाट मोटरसाइकलदेखि बिभिन्न साधनबाट ल्याएका सामान सामान संकलन गर्ने र ती सामान नेपालमै उत्पादित भनेर लेबल लगाई बिल बनाएर काठमाडौंदेखि बिभिन्न सहरमा पठाउने गरिएको छ ।

    पर्साका नाकाबाट तस्करी भएर आएको चिनी गोदाममा संकलन गर्ने र नेपालका चिनी मिलमा उत्पादित भनेर बिल बनाएर पठाउने गरिएको छ । जसमा असई मनोज र हवल्दारले ट्रान्सपोर्ट कम्पनीसँग सहजीकरण गर्दैआएका छन् ।
    भारतबाट तस्करीको चिनी लगायतका सामान गोदाममा राखी नेपालमा उत्पादन भएको भनेर कारोबार गर्ने तस्करहरुलाई मनोज र उमेशले सघाउने गरेका छन् । पर्साका ट्रान्सपोर्टबाट सामान लोड भएर बारा हुँदै काठमाडौं, पोखरा लगायतका सहरमा जाने गरेको छ । असई मनोज यादवले केही दिनअघि सिम्रौनगढ नाकामा २५ हजार घुस माग्ने क्रममा ब्यापारीसँग विवाद भएको भिडियो नै सार्वजनिक भएको छ ।

    उक्त भिडियो आएपछि यसअघिका आईजीपी बसन्तबहादुर कुँवरले मनोज यादवलाई प्रहरी प्रधान कार्यालयमा तानेर छानबिन गर्न निर्देशन दिएका थिए । तर एसपी सन्तोष तामाङले कुँवरसँग अनुनय बिनय गरी छानबिनमा तान्नबाट रोकेर राखेका थिए । नवनियुक्त आईजीपी दीपक थापाले यादवका बारेमा परेको उजुरीमा छानबिन गर्ने अपेक्षा पनि गरिएको छ ।

    विवादित घुमुवा यादवलाई घुमुवा राखिएको र उनले बारामा तस्करीको लाइन चलाएकोबारेमा गृहमन्त्री रमेश लेखकका प्रेस संयोजक शेर सिंहले समेत मधेश प्रदेश प्रहरी कार्यालयमा सोधीखोजी गरेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार