काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले साङ्गठनिकलगायत विषयलाई अन्तिम रुप दिन कार्यदलको प्रस्ताव गरेको छ । कार्यदल अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठन हुनेछ । सो कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्नेछ ।
कार्यदलमा रहने सदस्यलगायत अन्य विषयमा भने सोमबार बस्ने बैठकले आवश्यक निर्णय गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले साङ्गठनिक विषय, नेताहरुको कार्यविभाजन तथा सङ्घर्षका कार्यक्रम तय गर्नका लागि कार्यदल प्रस्ताव गरिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सम्पूर्ण तहको कार्यविभाजन तथा जिम्मेवारीलगायत विषयलाई अन्तिम रुप दिन कार्यदल प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सञ्चालित पहिलो चरणको आन्दोलनको समीक्षा गरेको थियो । त्यसका अलावा शनिबार घोषित दोस्रो चरणको आन्दोलनको तयारी र त्यसलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दलसँग कार्यसूचीका आधारमा संयुक्त गतिविधि सञ्चालन गर्ने विषयमा समेत बैठकमा विचारविमर्श भएको थियो ।
नेकपा दाहाल–नेपाल समूहले आन्दोलनलगायत जनपरिचालनका लागि प्रवक्ता श्रेष्ठका संयोजकत्वमा एक समिति बनाएको छ । यस्तै बैठकमा विभिन्न क्षेत्रमा समन्वयका लागि नेताहरुलाई जिम्मा दिइएको छ । आजको बैठकमा समग्र राजनीतिक विषयमा छलफल भएको र सोमबार बस्ने बैठकले थप ठोस निर्णय गर्ने बताइएको छ । बैठक सोमबार मध्याह्न १२ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा हुम्लाका इञ्चार्ज विजय भण्डारी, अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामालगायत हुम्लाबाट पार्टीका विभिन्न कमिटीमा प्रतिनिधित्व गर्ने ३० नेता तथा कार्यकर्ताले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल नेतृत्वको नेकपामा नै रहेको जानकारी दिनुभयो ।
पार्टीको शीर्ष नेतृत्वसँगको छलफलपछि आयोजित पत्रकार भेटमा उहाँहरुले आफूहरु कर्णाली प्रदेश, हुम्ला जिल्लाको विकास र समृृद्धिका लागि पार्टीको एकता र प्रदेश सरकारको स्थायित्व नै प्रमुख मुद्दा भएको बताउनुभयो । उहाँहरुले पार्टीको मूलधार नै आफूहरु भएको जिकिर गर्दै यसैमा समाहित हुनसमेत आग्रह गर्नुभयो ।
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend