काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भइसकेको छ । नेकपा विभाजनको मुख्य कारकका रुपमा वामदेव गौतम हुन् । तर तिनै वामदेव गौतम पार्टी एकताका लागि दबाब दिन तेस्रो धार बनाउने तयारीमा छन् । उनले सोमबार तेस्रो समूहको घोषणा गर्दैछन् । पार्टीका वडातहसम्मका नेता कार्यकर्ता दुई समूहमा विभाजन भइसकेपछि गौतम भने एकताको राग अलापिरहेका छन् ।
एकीकृत नेकपाको उपाध्यक्ष रहेका गौतमले श्रीमती तुलसा थापालाई नेकपा ओली समूहको १११९ सदस्यीय केन्द्रीय समितिको सदस्यमा पठाएका छन् । र, थापाले बाल्ुवाटारमा गएर ओलीबाट सपथ समेत लिइसकेकी छन् ।
गौतमले छोरा हरिस गौतमलाई पनि ओली समूहले पठाएका छन् । हरिस गौतम बर्दिया जिल्ला कमिटीमा सदस्य छन् । बर्दियाबाट ओली समूहले महाधिवेशन आयोजक समितिमा राखेका १५ जना केही दिनअघि गौतमलाई भेट्न गएका थिए । उनले भेट्न जाने १५ जनालाई आपनो एकता अभियानमा साथ दिन आग्रह गरे । यदि आफूलाई साथ नदिने हो भने ओली समूहमै लाग्न उनले सुझाव दिएको एक सहभागीले नेपालफेसलाई बताए ।
मन्त्री हुँदा एक दिन पनि भेट नपाएपछि केपी ओलीसँग टाढिएकी थममाया थापा र भूपेन्द्र थापा पनि गौतमलाई भेट्न गएका थिए । उनीहरुलाई पनि गौतमले ओली समूहलाई नै साथ दिन सुझाव दिएर पठाएका थिए । आफ्नी श्रीमती, छोरा र समर्थकलार्ई ओली समूहमा पठाएर गौतमले कस्तो एकताको अभियान सुरु गर्न लागेका हुन् ? यो प्रश्न प्रचण्ड–माधव र ओली समूहमा मात्र नभएर सामाजिक संजालमा समेत उठ्न थालेको छ ।
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend