विष्णुप्रसाद होमागाईं
धुलिखेल । न्यायालयप्रति आम जनताको भरोसा बढाउने कार्य न्यायमूर्ति अर्थात् न्यायाधीशले नै गर्ने हो । निजी जग्गाको संरक्षक ब्यक्तिले नै गर्दछ । तर सरकारी जग्गाको संरक्षण हुनसकेको छैन । २०२१ सालको नापी भिडाएर हेर्ने हो भने काठमाडौं उपत्यकामा मात्रै हजारौं रोपनी सरकारी जग्गा अतिक्रमण भएको तथ्य खुल्नेछ ।
पचासको दशकयता सरकारी जग्गा अतिक्रमणको क्रम रोकिन सकेको छैन । ललिता निवास, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा, टीकापुरको जग्गा अतिक्रमण भए । तर मिडियाको खबरदारीले ती जग्गा पुनः सरकारकै आएका छन् । मनमैजुस्थित न्यायिक आयोगको जग्गा अतिक्रमण भएको छ । तर सरकारले त्यो जग्गा अतिक्रमणकारीलाई हटाउन सकेको छैन । रामचन्द्र श्रेष्ठसहितका अतिक्रमणकारीहरु ऋषि धमलामार्फत् न्यायिक आयोगको जग्गा ब्यक्तिका नाममा दर्ता गर्न पूर्व भूमिब्यवस्था मन्त्री रंजिता श्रेष्ठदेखि अहिलेका मन्त्री बलराम अधिकारीसम्म धाइरहेको मन्त्रालयकै एक अधिकारी बताउँछन् ।
न्यायालयमा निर्भिक स्वभावका न्यायाधीश भए सरकारी जग्गा अतिक्रमणबाट बचाउन सकिन्छ भन्ने दृष्टान्त जिल्ला अदालत काभ्रेका न्यायाधीश शिव पोखरेलको एक फैसलालाई लिन सकिन्छ । नेपाल प्रहरीको तालिम केन्द्रकै जग्गा कीर्ते गर्ने एक ब्यक्तिलाई दोषी ठहर गरी न्यायाधीश पोखरेलले उक्त जग्गा प्रतिष्ठानकै नाममा कायम गर्न आदेश दिएका छन् । प्रहरीको जग्गा आफ्नो नाममा बनाउने मालपोत कार्यालयका ती कर्मचारी पेन्सन खाएर बस्ने बेलामा जेलको हावा खाने भएका छन् ।
सरकारी छाप दस्तखत कीर्तेमा बादी नेपाल सरकार र प्रतिवादी मालपोतका कर्मचारी पुस्कर बस्नेत रहेको मुद्दामा प्रहरी प्रतिष्ठानकै पक्षमा फैसला भएको छ । कीर्ते गरी जग्गा दर्ता गर्ने बस्नेतलाई काभ्रे जिल्ला अदालतका न्यायाधीश शिव पोखरेलको इजलासले दोषी ठहर गरी ५ गते सोमबार सजाय निर्धारण गरेको छ ।
काभ्रे जिल्ला अदालतका श्रेस्तेदार कर्णबहादुर राईका अनुसार साविक मुलुकी ऐन, २०२० को कीर्ते कागज महलको ७ नम्बर बमोजिम बिगो ३६ लाख तीन हजार १ सय २५ रुपैयाँको आधा जरिवाना १८ लाख एक हजार पाँच सय ६२ रुपैयाँ पचास पैसा भएको छ ।
साथै सोही ऐनको दफा ९ बमोजिम बिगोको २५ प्रतिशतले हुने थप ९ लाख सात सय ८१ रुपैयाँ २५ पैसा जरिवाना हुने भएको छ । सोही ऐनको दफा १२ बमोजिम दुई बर्ष कैद सजाय हुने भएको छ । साथै अपराध पीडित संंरक्षण ऐन, २०७५ को दफा ४१ अनुसार जम्मा जरिवाना रकम २७ लाख २ हजार ३ सय ४३ रुपैयाँ ७५ पैसाको ४ प्रतिशतले हुने १ लाख ८ हजार ९३ रुपैयाँ ७५ पैसा पीडित राहतकोषमा प्रतिवादीका तर्फबाट जम्मा गरिदिनुपर्नेछ । मुद्दा नम्बर ०८०-०८१(०१३८ भएको उक्त फैसला चाहिँ केही दिनअघि भएको थियो ।
त्यो घटनामा संलग्न काभ्रेपलाञ्चोककै स्थानीय बासिन्दा पुस्कर बस्नेत अदालतबाट दोषी ठहर भएका हुन् । कीर्ते कागजात बनाएर प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा हडप्न लागेका उनको लोभले लाभ, लाभले बिलाप भन्ने उखान चरितार्थ भएको छ ।
बस्नेतले कीर्ते कागजातका आधारमा काभ्रेस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा आफ्नो भनी दाबी गरेका थिए । अन्तिम चरणमा पुगेपछि मात्रै उनले कागजात नै कीर्ते गरेको खुलेको हो । तत्कालीन सरकारले १५ साउन २०५२ मा काभ्रे सुन्थानको जग्गा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई दिने निर्णय गरेको थियो ।
वनक्षेत्रमा पर्ने त्यो जग्गा नामसारी गर्न नमिलेपछि सरकारले भोगचलनका लागि दिने निर्णय गरेको थियो । पछि त्यो जग्गामा आफ्नो हक लाग्ने भन्दै स्थानीय पुस्करबहादुर बस्नेतले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्चमा मुद्दा हाल्नुअघि उनले त्यो जग्गा आफ्नो नाममा सार्न मालपोत कार्यालयबाट पटक–पटक प्रयास गरेको खुलेको छ ।
उनको दाबी अनुसार माघ, २०३७ मा बाबुको मृत्युपछि आफू नाबालिग भएको अवस्थामा दाजु दुर्गाबहादुरको नाममा जग्गा नामसारी भयो । दुर्गाबहादुरको निधनपछि निःसन्तान भाउजूको नाममा लालपुर्जा बन्यो । निःसन्तान भाउजुले अरुलाई जग्गा दिन खोजेको तर आफूले अंश नपाएको भन्दै पुस्करले जिल्ला अदालतमा मुद्दा हाले ।
जिल्ला अदालतको आदेशबाट १२ रोपनी जग्गा उनले आफ्नो नाममा सारिसकेका थिए । त्यही आधार देखाउँदै उनले थप ३६ रोपनी जग्गा छुट दर्ता हुनुपर्ने माग राखी मालपोत कार्यालयमा निवेदन दिए । मालपोत कार्यालयले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो । मालपोत कार्यालयको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले विपक्षी बनाइएका निकायहरुलाई जग्गाबारे विवरण खुलाई पठाउन ‘कारण देखाउ आदेश’ जारी ग¥यो । मुखिया पदबाट सरकारी जागिरमा प्रवेश गरेका बस्नेत त्यतिबेला जिल्ला मालपोत कार्यालय काभ्रेमा कार्यरत थिए । त्यही भएको मौकामा उनले कागजात केरमेट र फेरबदल गरिदिएका थिए ।
प्रहरीले बस्नेतविरुद्ध लिखत सम्बन्धी कसुर (सरकारी छाप दस्तखत कीर्ते )को आरोपमा २७ मंसिर २०८० मा मुद्दा दायर गरेको थियो । त्यही मुद्दाको सुनुवाइपछि बस्नेत दोषी ठहर भएका हुन् । पुस्करबहादुर बस्नेतले दायर गरेको मुद्दा भने २३ माघ, २०८० मा सर्वोच्च अदालतले खारेज गरिसकेको छ ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend