Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसद पछि हटे


    आइतबार, पुष १९ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद पछि हटेका छन् । 

    संसदिय दलको नेता र मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताब गरिएका अष्टलक्ष्मी शाक्यको समर्थन देखिएका तीन सासदहरु काठमाडौं–७ ‘ख’बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं–१० ‘ख’की रमा आलेमगर र चितवन–३ ‘क’का कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिँदै पछि हटेका हुन् ।

    नेकपाको प्रचण्ड-नेपाल समुहले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका प्रदेशसभाका ४५ सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । नेकपाको कुल ८० सांसद रहेको वागमती प्रदेशसभामा अब प्रचण्ड-नेपाल पक्षमा ४२ सांसद र ओली पक्षमा ३८ सांसद देखिएका छन् ।

    ओली निकट सांसदका अनुसार एक दुइृ दिनभित्र अन्य केही सांसदहरले पनि हस्ताक्षर फिर्ता लिने तयारी भै रहेको छ । यहि अबस्थमा मुख्यमन्त्री पौडेल बिरुद्धको अबिश्वासको प्रस्ताब पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको मत निर्णायक बन्ने अबस्था रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार