काठमाडाैँ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीकै साथीका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।
आज विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेताका कारण सरकारले गति लिन नसकेको बताए । “यो सरकारको अहिलेसम्मको अवधि हेर्ने हो भने प्रतिपक्षले भन्दा बढी पार्टीभित्रकै केही नेताहरुले विरोध गरेका पाइन्छ”, मन्त्री ढकालले भने ।
मन्त्री ढकालले सरकारले संसद् विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत भएको दाबी गरे । उनले भने, “संविधानमा विघटन नभएको अवस्थामा बाहेक संसद् पाँच वर्ष चल्नेछ भनेर उल्लेख गरेकाले सरकारले संसद् विघटन गरेको संविधानविपरीत भयो भन्न हुँदैन ।”
मन्त्री ढकालले निर्वाचन हुँदैन कि भन्ने अन्योलतामा नबस्न कार्यकर्तालाई आग्रह गरे । “नयाँ जनमतसहित आएर फेरि सरकार चलाउने हो । निर्वाचन तोकिएको समयमा नै हुन्छ । ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोला”, मन्त्री ढकालले भने ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend