Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • प्रचण्ड–नेपाल समुहलाई निर्वाचनमा दुई अंकको सिट ल्याएर देखाउन ओलीको चुनौती


    शनिबार, पुष १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधव नेपाल समुहलाई आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन  उनले प्रचण्ड–नेपाल समूहलाई चुनौति दिएका छन् ।

    उनले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने बताए । 

    ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको आरोप लगाए। उनले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरे ।

    आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिए ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार