काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्नु राष्ट्रघाती कदम भएको बताएका छन्।
शुक्रवार बिहान सामाजिक सञ्जालमा सरकारले कृषि क्षेत्रमा लगानी खुला गरेकोबारे आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारले छापामार शैलीमा गरेको यस्तो निर्णय जनघाती भएको र यसले खाद्यसुरक्षा धरापमा पर्ने उनले बताएका हुन् ।
डा. भट्टराईले यस निर्णयको प्रतिरोध गर्नसमेत सबैलाई आह्वान गरेका छन्। ‘छापामार शैलीमा ओली सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने जुन निर्णय गरेको छ।
त्यो सबै हिसाबले गलत, जनघाती, राष्ट्रघाती छ। यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ,’ उनले भनेका छन्, ‘किसान वेदखल हुनेछन्; खाद्यसुरक्षा धरापमा पर्नेछ; अर्थतन्त्र अरू परनिर्भर हुनेछ। सबैले प्रतिरोध गरौं।’ पछिल्लो मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको हो।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend