काठमाडौं । बागमती प्रदेशका मूख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहका नेता डोरमणि पौडेलले २० जना समानुपातिक सांसदलाई हटाउने प्रक्रिया थालेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका २० सांसदलाई उनले हटाउन लागेका हुन् ।
एक रेडियाे अन्तर्वार्ताका क्रममा उनले २० जनालाई नै स्पष्टिकरण सोधेको र अहिलेसम्म कसैले पनि जवाफ नदिएको बताए । बिहीबारसम्मको समय दिएकामा अहिलेसम्म कसैले जवाफ नदिएको उनले बताएका हुन् ।
मूख्यमन्त्री पौडेलले भने, ‘स्पष्टिकरण नदिए हट्छन् । हस्ताक्षर फिर्ता गर्छौं भनेर आए कार्वाही हुँदैन नत्र कार्वाही गर्छु ।’ मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्दा सहभागी भएका समानुपातिक सांसदलाई उनले हटाउन खोजेका हुन् ।
नेकपा फुटेपछि आरोप प्रत्यारोप र कार्वाहीको प्रक्रिया चलिरहँदा आफूमाथि पनि अविश्वासको ल्याउने र सबैभन्दा विरोधी प्रचण्ड–नेपाल समूहका सांसदलाई पौडेलले कार्वाही गर्न खोजेका हुन् ।
पौडेलले निर्वाचन आयोगमा कार्वाहीको पत्र दिएर उनीहरुको ठाउँमा अरुलाई नियुक्त गरिएको पत्र दिए पुग्ने पनि बताए ।
ओली समूहका पौडेललाई बुधबारमात्रै प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाटसमेत हटाइएको छ । यसबारेमा पौडेलले ‘सडकमा बसेर संसदीय दलको नेताबाट कसैलाई निकाल्ने भन्ने हुँदैन । त्यो वाहियात कुरा हो ।’ भनी प्रतिक्रिया दिएका छन् ।
पौडेलको स्थानमा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई बनाइएको छ ।
उनले आफ्ना लागि अविश्वासको प्रस्ताव ठूलो कुरा नभएको पनि उनले बताएका छन् । आफू मूख्यमन्त्री भएको तीन महिनापछि नै हटाउन खोजिए पनि संविधानमै दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने कानून भएकाले पछि हटेको बताउँदै उनले आफूले खुलेर यसको सामना गर्ने बताए ।
उनले ‘अविश्वासको प्रस्ताव संसद खुलेको बेलामा दर्ता गर्ने हो’ भन्दै समय भने लम्ब्याउन खोजेका छन् । उनले भने, ‘संसद खुलेको बेलामा संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने हो । ११० जना सांसदबाट छुट्टिने हो । अविश्वासको प्रस्ताव राख्नेले आफ्नो पक्षमा बहुमत पुर्याउनुपर्छ ।’
उनले अविश्वासको प्रस्तावको सामना गर्ने बताउँदै प्रचण्ड–नेपाल समूहका सांसदले समेत आफूलाई समर्थन रहेको बताएको दावी गरेका छन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend