काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आमजनताको पक्षमा आवाज उठाएबापत आशिका तामाङलाई १६ दिनदेखि थुनामा राखिएकोमा बिरोध गरेकी छन् ।
माघ २ गतेदेखि थुनामा राखिएकी अशिकालाई भेट्न जगाती प्रहरी हिरासतकक्षमै पुगेकी सुमनाले शिक्षालयमा तालाबन्दी गर्ने र प्राध्यापक कुट्नेलाई कुनै कारबाही नगर्ने सरकार ‘हाम्रो विरोध गर्छस्, पख देखाइदिन्छु’ भन्ने तहमा ओर्लिएको आरोप सुमनाले लगाएकी छन् ।
बिहीबार सुमनालाई थुनामा भेटिसकेपछि सुमनाले लेखेकी छन्–‘आशिकाजीलाई माघ २ मा प्रकाउ गरिएको हो । आज १५ दिन भयो, अब विभिन्न जिल्लाको हिरासतको सयर गराउने कुरा हुँदैछ ।
उहाँ (आशिका)को तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको देख्छु । अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिलेसम्म हुनसकेको छैन, सबै वृत्तान्तको भिडियो आफैंले पोस्ट गरेकी छिन् त ? यो विभिन्न जिल्लामा जाहेरी दिने को हो, अरु जाहेरीमा पनि यही रफ्तारमा कारबाही हुन्छ ?
यो त सरासर ‘हाम्रो विरोध गर्छस् पख देखाइदिन्छु’ भनेको होइन ? यो भन्दा गम्भीर घटना शिक्षालयमा तालबन्दी–तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको पनि देखेकै हो हामीले ।
अहिले आशिकाजीको सट्टा कुनै दलनिकट कोहीलाई प्रकाउ गर्ने कुरामात्र उठेको भए के भइसक्थ्यो हामीले नभोगेको हैन । शक्तिकेन्द्रसम्म पहुँच नभएकोलाई मात्र पेल्ने नियत भयो ।
राज्यसँग अपार शक्ति छ, शक्तिशालीले संयमित हुनुपर्दछ । राज्यले अभिभाकत्व लिनुपर्ने ठाउँमा (अस्ति चितवनमा युवकलाई निर्घात कुट्नु र अहिले आशिकाजीलाई मानसिक यातना दिनुमा समानता छ) अनावश्यक बल प्रयोग ।
गृहमन्त्रीज्यू यसमा तपाईँको मौन समर्थन प्रष्ट छ, नत्र प्रहरीले यत्रो ज्यादति गर्ने थिएन । यसरी प्रहरीको गिरफ्तारी गर्नुअघि के उहाँलाई उपमेयरको समक्ष न्यायिक समितिमा लगियो ? के उहाँलाई मौखिक चेतावनी दिइयो ?
बौद्धिक वर्ग (उहाँको तरिकासँग असहमति होला तर गल्ती अनुसारको दण्ड हुनुपर्ने हो नि–के यसरी यातना दिनु उचित छ ? अब त सरकारले समाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयक ल्याएको छ, त्यसपछि त स्टाटस लेखेकै भरमा ७७ जिल्लाकै हिरासत घुमाउन सक्ने देखियो सरकारले, यस्तो अवस्थामा पनि चुप बस्ने हो ?
अनि हामीले विचार गर्ने बेला आयो समाजमा कति आक्रोश गुम्सिएर बसेको रहेछ, जसले नागरिकलाई यस्तो तरिकाले निकास खोज्न बाध्य बनायो, यसलाई बेलैमा सम्बोधन गर्ने हो कि विस्फोट हुन दिने हो ?
आशिकाजीलाई रिहा गरियोस् । राज्यले आफ्नो प्राथमिकता तय गरोस् र विवेक प्रयोग गरोस् । आशिकाजीलाई न्याय मिलोस् ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । महासभामा...
विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि...
काठमाडौं । निरन्तरको वर्षापछि काठमाडौंका विभिन्न नदीहरूको सतह बढेको छ । बागमती मनोहरा लगायत खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् । उनी केहीबेरअघि...
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ । ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएपछि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend